नेपाल वायुसेवा निगमले विमान खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ ।
पर्यटकीय बजार ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको मंगलबार बिहान सम्पन्न अन्तिम मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार भविश्वर शर्मालाई १ सय १२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
साउथ एसियन ट्राभल अवार्ड्सको आठौं संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सन् २०२४ का लागि प्रतिष्ठित कार्यक्रमको सूची सार्वजनिक गर्दै सो कार्यक्रमबारे जानकारी दिइएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको पर्यटन दशक (२०२३–२०३२) अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालासँग छलफल गरी सुझाव लिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हिमाल र आरोहणबारे गलत प्रचार नगर्न आग्रह गरेका छन् । पर्वतारोहण सञ्चालक संघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको
ल्याण्डमार्क भैरहवाले तीन तारे होटलको मान्यता प्राप्त गरेको छ । एल म्याग्रीफीको रिसोर्ट प्रालिले सञ्चालनमा ल्याएको ल्याण्डमार्क भैरहवाले पर्यटन ऐन २०३५ र र पथ प्रदर्शक नियमावली २०३८ अनुसार गत २१ जेठमा होटलको यो स्तर निर्धारण प्राप्त गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेकाले हटाइने बताएका छन् ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरमा खेमराज लकाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार प्रमोद
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले प्रतिवद्धता गरिसकेकाले पर्यटन व्यवसायीले माग गरे बमोजिम पर्यटन क्षेत्रमा लगाईएको आनावस्यक भ्याट र कर हटाईने बताए ।शुक्रबार नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा ) को ५७ औँ बार्षिक साधारण सभामा मन्त्री तामाङले यस्तो बताएका हुन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा फोटो र भिडियो अन्तर्वार्ता दिएको भन्दै नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारवाही गरेको छ।
विगतका वर्षहरुको तुलनामा अहिले विभिन्न देशबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या उत्साहजनका रुपमा बढेको छ । हवाई मार्ग हुँदै मे महिनामा ९० हजार २ सय ११ जनाभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
आगामी नयाँ नेतृत्व चयन सर्वसहमतीबाट हुने बताईए पनि आखिर टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्ष र महासचिव पदमा भने निर्वाचन नै हुने भएको छ ।
मंगलबार सार्वजनिक भएको नयाँ बजेटबाट पनि सरकारले हवाई भाडादरमा भ्याट नहटाएकोमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’ले असन्तुष्टि जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । बुधबार काठमाडौमा आयोजित ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो आग्रह गरेका हुन् ।
विश्वप्रख्यात स्वदेशी आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको सफल आरोहण गरेर शुक्रबार काठमाडौं आइपुगेका छन ।
वर्षा सुरु नहुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ ।
वायुसेवा कम्पनीहरु पनि बैंक तथा वित्तीय संस्थाजस्तै मर्जर तथा एक्विजिसनको तयारीमा जुटेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) थप लाई लिएर अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएको छ ।
नेपालमा विदेशी पर्यटकको संख्या १३ प्रतिशतले बढेको छ। अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्। यो संख्या गत वर्षको अप्रिलमाभन्दा बढी हो ।
बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा विगत चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहानबाट खुलेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवद्र्धनका लागि सरकारको सहयोग रहने बताएका छन् ।
स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।
यसपालीको बसन्त ऋतुकालागि सगरमाथाको चौथो क्याम्पसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।