ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपूर्ण कर्जा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचबिखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।
पछिल्लो समय बजारमा तरलता अभाव भएसँगै बैंकहरुले आगामी १ असोजबाट लागू हुनेगरी निक्षेपको ब्याजदर बढाएका छन् । बैंकसँग कर्जा लगानी योग्य रकमको चरम अभाव भएपछि निक्षेप आकर्षित गर्न उनीहरुले ब्याजदर बढाउने नीति लिएका हुन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको अवस्थालाई मध्येनजर गरि नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७८’ कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले यसअघिको निर्देशन २०७७ लाई खारेज गर्दै भुक्तानी सम्बन्धी नीतिहरू परिवर्तन गरेको हो ।
सानिमा बैंकका ग्राहकले सुन्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने भएका छन् । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच यस्तो सुविधान सम्बन्धी सम्झौता भएको हो ।
बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुगेको छ । प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएपछि सापटी कारोबारको माग बढेसँगै यस्तो कारोबारको व्याजदर ब्याजदर बढेको हो । बैंक तथा वित्त कम्पनीहरुले गत २६ भदौसम्म ४५ खर्ब ३४ अर्ब १३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने बैंकिङ प्रणालीमा २५ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ लगानी योग्य रकम रहेको छ ।
कोरोना महामारिको जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिन बाट सुरु हुने दसैंका लागि अहिले देखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ । आगामी दसैं सुरु हुने घटस्थापनाको दिन भन्दा करिब एक महनिा अघि गत साता देखि नै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई दसैंको नयाँ नोट उपलब्ध गराउन थालेको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले अर्को म्युचुल फण्ड निष्काशनमा ल्याएको छ। कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशनमा ल्याएको हो। नबिलको सो फण्डको इकाईका लागि शुक्रबार २५ भदौदेखि आवेदन दिन सकिनेछ।
गरिमा विकास बैंक र द एभरेष्ट होटलबीच सम्झौता भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित पाँचतारे होटल ‘द एभरेष्ट होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुट दिनेगरी बैंकसँग यस्तो सम्झौता भएको हो ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । सो कम्पनीले १० करोड २८ लाख १९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको हो ।
नबिल इन्भेष्टमेन्ट फण्ड अन्तर्गतका दुई फरक स्किम ‘नबिल ब्यलेन्स फण्ड–२ र नबिल इक्विटी फण्ड’ले ७९ करोड २० लाख रुपैयाँ इकाइ बाँड्ने भएको छ ।
कुमारी बैंकले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसंग जुध्नकालागि ‘निःशुल्क एन्टिजन टेस्ट् क्याम्प’ आयोजना गरेको छ ।
फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चुक्ता
इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले भदौ ४ गते शुक्रबारबाट एकीकृत कारोबार गर्ने भएको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको छ ।
ग्लोबल आईएमई बैंकको थप सातवटा नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकले उपत्यकामा ६ सहित कुल सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नाफा ५१४ प्रतिशतले वृद्धि भएको हो ।
ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका किसानलाई दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको छ ।
सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर प्रसाद कडेललाई नियुक्त गरेको छ ।
बैंकले शुक्रबार प्रदेश नम्बर १ मा एक, वागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।
आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा १९९ प्रतिशतले बढेको छ ।
जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सीईओ श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले नयाँ आर्थिक बर्ष लागेसँगै सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो ।
प्रभु बैंक लिमिटेडले न्यूनतम मूल्य २१० रुपैयाँका २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।
मेगा बैंक १२औं वर्षमा प्रवेश गरेको छ । १२ औं वर्षमा प्रवेश अवसरमा बैंक अध्यक्ष भोजबहादुर शाहले बैंकले पाँच बर्षे रणनीतिक योजना तयार गरेको बताएका छन् ।
ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।