ग्लोबल आइएमई बैंकको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८/ ७९ को पहिलो त्रैमासमा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलको ९१ लाख ४८ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । सिर्जना फाईनान्सलाई प्राप्ति पश्चात बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
नेपाल बंगलादेश बैंकले आगामी २ मंसिरका लागि साधारणसभा आव्हान गरेको छ । भर्चुअल माध्यमबाट गरिने साधारणसभाले १५ दशमलब ५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३ दशमलब ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ ।
माछापुच्छ्रे कृति क्यापिटलको प्रस्तावित १३.४ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तितक १० गते सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा बचततर्फ ४.५ प्रतिशत मुद्दतितर्फ ९.३६ प्रतिशत ब्याज प्राप्त हुनेछ ।
नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
नेपाल बैंकर्स संघको साधारणसभा आगामी २३ कात्तिकमा हुने भएको छ । संघको आइतबार बसेको बैठकले सो दिन संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । यस साधारणसभाले संघको २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
नेपाल राष्ट्र बैंकले व्याजदर नियन्त्रणकालागि कडाई गरेको छ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) मिलाउनकालागि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि राष्ट्र बैंकले काडाई गरि यस्तो हस्तक्षेप गरेको हो । राष्ट्र बैंकले मंगलबार राति बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै अघिल्लो महिनाको प्रकाशित व्याजदरको १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरिएको जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारको बिदाको व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि दशैं तथा तिहारमा गरि जम्मा १२ दिन बिदा दिने व्यवस्था गरेको हो । यसपाली राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले दशैंमा ६ दिन बिदा पाउनेछन् ।
नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दशै धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरे बापत क्यासब्याक पाउन सक्नेछन ।
सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु बिस्तार गरेको छ । बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने बैंकले घोषणा गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले ऋणीलाई दशैं अघि नै ऋणको किस्ता तथा ब्याज तिर्नका लागि ताकेता गर्न थालेका छन् । दशैंकालागि आगामी २६ असोजदेखि ५ दिनको विदा शुरु हुन्छ । दशैं विदापछि असोज मसान्तको अन्तिम दिन ३१ असोजमा बैंक खुल्ने छ । बैंक तथा वित्तीय संस्थाले तीन महिना र एक महिनामा ऋणको किस्ता र ब्याज तिर्ने सत्रमा ऋण दिएका हुन्छन् ।
ग्लोबल आईएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरूलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेस्ट होटेल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्डवाहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहकले द एभरेस्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
वाणिज्य बैैंकरूमा पछिल्लो समय लगानीयोग्य रकम (तरलता) अभाव भइरहेको बेला बैंकहरूले भने निक्षेपभन्दा कर्जा नै बढाएर बसेका छन् । असोज पहिलो साताको तथ्यांका अनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन भदौ मसान्तको तुलनामा नौ अर्ब रुपैयाँले मात्रै बढेको छ । यो समयमा बैंकहरूको कर्जा प्रवाह भने ३१ अर्ब रुपैयाँले बढेको देखिएको छ ।
नेपालीहरुको महान चाड दसैंको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सो सम्झौता अनुसार कुमारीका ग्राहकले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा आइतबारदेखि आगामी १८ असोजसम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्ने सक्ने छन् ।
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्वाचन आगामी कात्तिकमा हुने भएको छ । निर्वाचनसँगै हुने वार्षिक साधारणसभाले अध्यक्षसहित ६ जना सदस्यहरुको निर्वाचन गर्ने छ । संघले कात्तिक अन्तिममा साधारणसभा गर्ने टुङ्गो गरेको छ । अध्यक्ष भुवन दहालको २ बर्षे कार्यकाल पुरा हुँदैछ । त्यसैले आगामी साधारणसभाले नयाँ अध्यक्ष छनोट गर्ने छ ।
माछापुच्छ्रे बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर यही शुक्रबारदेखि आगामी १७ असोजसम्मका लागि लागू भएको सो बैंकले जनाएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अतर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
अब बैंक/वित्तीय संस्थाले कोरोना प्रभावितलाई दिएको कर्जाको विवरण समेत वार्षिक प्रतिवेदनमा खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कोरोनाका कारण प्रभावित भएका उद्योगी व्यवसायीलाई दिएको कर्जाको विवरण समेत आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने व्यवस्था गरेको हो ।
सानिमा बैंकले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।