नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न संघको ४४औँ वार्षिक साधारण सभामा सर्वसम्मतिले अग्रवाललाई संघको अध्यक्षमा चयन गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताएका छन् । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान च्यामबर अफ कमर्स कोरियाद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घरजग्गा क्षेत्रले भोगिरहेको संकुचन समाधान गर्न सरकार अग्रसर रहेको बताएका छन् ।
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच नवीनतम यान्त्रिक सिँचाइ आयोजना र जलवायु लचिलो परिदृश्य र जीविका आयोजनाका लागि करिब २१ अर्ब २३ करोड रुपैयाँ (१५ करोड ७० लाख अमेरिकी डलर) को सहुलियतपूणर् ऋण र अनुदान सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
निजी क्षेत्रबीच विगतका केही वर्षदेखि नै धेरै चर्चामा रहेको नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान विधान संशोधन भएको छ । राजधानीमा सम्पन्न भएको महासंघको विशेष साधारणसभाले विधान संशोधन गरि नयाँ नेतृत्व चयनगर्दा आठवर्ष अघिको पुरानै व्यवस्था कार्यान्वयनमा ल्याउने प्रताव पारित गरेको हो ।
हाल अस्वभाविक रुपमा निजी सिमेन्ट उत्पादकले ‘कार्टेलिङ’गर्दै सिमेन्टको बजार भाउ बढाएसँगै निर्माण क्षेत्र प्रभावित भएको भन्दै निर्माण व्यवसायीले बढेको भाउमा थप सिमेन्ट नकिन्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०/८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको छ ।
छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा बहुप्रतिक्षित काठमाडौबाट नुवाकोटको टोखा–छहरे जोड्ने सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपैयाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताएका छन् ।
नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाले यस्तो बताएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतबार बिहान १ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढाइएको जनाएको छ ।
लगानी बोर्डको ६० औं बोर्ड बैठकले बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा सम्पन्न बोर्ड बैठकले तीनसय ४१ मेगावाट क्षमताको
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ । चालु आवको पहिलो ३ महिनाको तथ्यांकगत समीक्षामा मात्र केन्द्रित भएको राष्ट्र बैंकले यो मौद्रिक नीतिमा खासै कुनै परिवर्तन नगरी यसको समीक्षा मात्र प्रस्तुत गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताएका छन ।
चौथो प्लास्ट नेपाल एक्स्पो भृकुटी मण्डपमा सुरु भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक्स्पोको उद्घाटन गरेका हुन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित भएको बताएका छन् ।
सरकारले भन्सार दर घटाएपछि सुनको भाउ प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा बल्ल निजी क्षेत्रलाई पनि समावेश गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल,
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित भएको बताएका छन् । भर्खर फिच रेटिङले नेपालमो सार्वभौम कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस रेटिङ दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा महासंघका अध्यक्ष ढकालले यस्तो जोड दिएका हुन् ।
चालु आर्थिक वर्षको प्रथम चौमास साउन देखि कात्तिकसम्ममा आन्तरिक राजस्वमा केही सुधार देखिएको छ । आन्तरिक राजस्व विभागले चालु आवको वितेका चार महिना कात्तिकसम्ममा १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
बढ्दो रेमिटयान्स र घट्दो आयातका कारण पछिल्लो समय विदेशी मुद्रा संचिती तथा सोधनान्तर स्थितिमा उच्च सुधार देखिएको छ । लामो समययता वैदेशिक रोजगारीमा गएको कामदारले पठाएको रेमिटयान्सले आयात
असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) मा आन्तरिक राजस्वमा केही सुधार देखिएको छ ।