logo
Saturday, 7 June 2025, 5:49:43 pm

चालु आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

    140   पटक पढिएको


१८ वैशाख/अर्थ र व्यापार – राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कार्यालयले यो प्रक्षेपण सार्वजनिक गरेको हो। तथ्यांक अनुसार, हाल नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
यसअघि विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४.५ प्रतिशत र एसियाली विकास बैंकले ४.४ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण गरेका थिए । राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण ती संस्थाहरूको भन्दा उच्च देखिएको छ ।
गत वर्षको तुलना गर्दा, आर्थिक वर्ष २०८०/८१ मा ३.६७ प्रतिशत वृद्धि भएको थियो भने २०७९/८० मा मात्र १.९८ प्रतिशतले अर्थतन्त्र वृद्धि भएको थियो ।
आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.९९ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रमा ३.२८ प्रतिशत र गैर–कृषि क्षेत्रमा ४.२८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । सेवा क्षेत्र ४.१ प्रतिशत, द्वितीय क्षेत्र ४.६५ प्रतिशत र प्राथमिक क्षेत्र ३.२५ प्रतिशतले वृद्धि हुने देखिएको छ ।
अघिल्ला दुई वर्ष लगातार ऋणात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्र यो वर्ष सुधार हुने क्रममा छन् । उद्योग क्षेत्रमा ३.७८ प्रतिशत र निर्माण क्षेत्रमा २.२१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । विशेष गरी विद्युत् तथा ग्यास क्षेत्रमा १३.८२ प्रतिशत वृद्धिदर रहने अपेक्षा गरिएको छ, जुन सबैभन्दा उच्च हो ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि वृद्धि हुँदै १,५१७ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । जबकि अघिल्लो वर्ष यो १,४६७ अमेरिकी डलर थियो । प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड–१९, जाजरकोट भूकम्प, बाढीपहिरोजस्ता विपद्का असरपछि अब आर्थिक सुधारको गति देखिन थालेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।