logo

चुनावका लागि ५ करोड लिटर इन्धन बचत 

    2430   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार-स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि नेपाल आयल निगमले ५ करोड लिटर (५० हजार किलोलिटर) इन्धन बचत गरेको छ । आगामी १४ असारमा प्रदेश १, २, ५ र ७ मा निर्वाचनको मिति तय भएको छ । 

निर्वाचनमा सवारीसाधनको प्रयोग बढ्ने हुँदा आवश्यकताअनुसार इन्धन उपलब्ध गराउने गरी बचत गर्न निर्वाचन आयोगले गरेको परिपत्रका आधारमा निगमले आफ्ना डिपोमा इन्धन बचत बढाएको हो । गत ३१ वैशाखसम्म सम्पन्न पहिलो चरणको निर्वाचनका लागि निगमले ४ करोड लिटर बचत गरेको थियो ।

आयातीतमध्ये ७० प्रतिशत इन्धन सवारीसाधनमा खपत हुने गरेको छ । त्यसैले सवारीसाधनको प्रयोग जति बढ्यो, माग पनि सोही गतिमा बढ्दै जाने गर्छ । निर्वाचनमा सवारीसाधनको प्रयोग तुलनात्मक रूपमा बढ्ने गर्छ र इन्धन खपत पनि बढ्छ । सो वेला मागअनुसार आपूर्ति गर्न अहिलेदेखि नै बचत गरेर राखिएको हो ।

निगमले देशभरका डिपोमा क्षमताअनुसार भण्डारण गरिरहेकोे छ । कुल ७१ हजार ६ सय ३ किलोलिटर भण्डारण क्षमता रहेको छ । तर, अहिले करिब ६० हजार किलोलिटर अटाउने भण्डारण मात्रै सञ्चालनमा छन् । धेरै लामो समयपछि निगमले ठूलो मात्रामा इन्धन भण्डारण गर्न सफल भएको होे । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।