logo

विभागले माग्यो विद्युत् उत्पादकसँग विवरण

    385   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – विद्युत् विकास विभागले विद्युत् उत्पादकसँग खण्डिकृत तथ्यांक माग गरेको छ । विभागले १ मेगावाट भन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनालाई पत्रलेख्दै रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न यस्तो तथ्यांक आवश्यक परेको जनाएको छ ।
विभागले ७ दिनभित्र तथ्यांक उपलब्ध गराउन समेत भनेको छ । विभागले अहिलेसम्म तिरेको रोयल्टीको विवरण र आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्म उठ्न सक्ने रोयल्टी विवरण पनि उपलब्ध गराउन भनेको छ ।
विभागले भौतिक संरचनातर्फ जलाशयले छोएका वडा, बाँध, इन्टेक, डिस्यान्डिङ बेसिन, नहर, पाइप वा सुरुङ, विद्युत् गृह, टलरेस र अन्य संरचना रहेको वडासमेत स्पष्ट खुलाई पठाउन भनेको छ । ‘रन अफ द रिभर’ का हकमा समेत सोही विवरण मागिएको विभागले जनाएको छ ।
आयोजनाका कारण सुक्खा क्षेत्र सिर्जना हुन गएका स्थानको विवरण समेत मागिएको छ । यसबाहेक उपल्लो तटीय क्षेत्रसहित वरपरका वडाको विवरण बुझाउनुपर्ने भएको छ ।
विभागले आयोजनासँग सम्बन्धित नक्सा, जीआइएस सेप फाइल र गुगल म्यापमा खुल्ने गरी पठाउन भनेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।