logo

इभीकालागि प्राधिकरणका ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा, एक घन्टामा फुल चार्ज

    491   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार चार्जिङ स्टेसन उद्घाटन गरे।
प्राधिकरणले एसियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ सहुलियत ऋण सहयोगमा यी चार्जिङ स्टेसन निर्माण गरेको हो।
काठमाडौं उपत्यकामा सात वटा चार्जिङ स्टेसन सञ्चालनमा छन्। धादिङको मलेखुमा दुईवटा तथा वीपी राजमार्गमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरिएको छ।
हेटौंडा र भरतपुरमा दुई दुई वटा, मुग्लिन÷कुरिनटारमा ४ वटा तथा बनेपामा एउटा चार्जिङ स्टेसन सञ्चालनमा छन्।
यसैगरी, वीरगंज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिवास, सप्तरीको राजविराज, धनुषाको ढल्केबर र जनकपुरधाममा एक एक वटा चार्जिङ स्टेसन सञ्चालन ल्याइएको छ।
यस्तै नवलपुर, दमौली र स्याङ्जामा एक एक वटा तथा पोखरामा तीन वटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । पश्चिम नवलपरासी, नेपालगञ्ज र सुर्खेतमा एक एक वटा, दाङमा दुईवटा तथा बुटवलमा तीन वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन्।
प्राधिकरणले झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा चार्जिङ स्टेसन निर्माण गरेको छ ।
प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा राखिने चार्जर १४२ किलोवाट क्षमताको छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको ब्याट्रीको क्षमता अनुसार आधादेखि एक घण्टासम्ममा फुल चार्ज गर्न सकिनेछ ।
धनगढी, महेन्द्रनगर र डडेल्धुरामा एक एक वटा चार्जिङ स्टेसन सञ्चालनको तयारीमा छन्।
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ। छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधमा एक साथ चार्ज गर्न सकिन्छ ।
५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधन चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिल भुक्तानी गर्न सक्नेछन्। निजी क्षेत्रका सबै प्रकारका चार्जिङ स्टेसन प्राधिकरणको प्रणालीमा अनिवार्य जोडिनुपर्ने व्यवस्था छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अझै ११ वटा चार्जिङ स्टेसन निर्माणको तयारीमा रहेको बताए। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले चार्जिङ स्टेसनको निर्माणले अब विद्युतीय गाडीको प्रयोग अझै बढ्ने र यसले विद्युतको खपत बढाउन सहयोग पुग्ने बताए।
उनले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रलाई सहजीकरणका लागि केही नीतिगत व्यवस्था संशोधन गर्न लागेको जानकारी दिए। निजी क्षेत्रले देशभर करिब १०० वटा फास्ट चार्जिङ नेटवर्क निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।