logo

‘ट्रंकलाइनको महसुल नतिरे पनि विजुली काटिदैन ’

    1020   पटक पढिएको

२२ फागुन/अर्थ र व्यापार– गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा ट्रंकलाइन महसुल नतिरेका उद्योगको पनि विद्युत लाइन नकाटिने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन महसुल नतिरेका उद्योगको विद्युत लाइन काट्ने जानकारी गराएपछि उद्योगीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । सो मुद्दा अहिले विचाराधीन छ ।
रुपन्देहीको सिद्धार्थनगर उद्योग वाणिज्य संघको ६३औं वार्षिक साधारण सभा उदघाटन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन । उनले ट्रंकलाइन महसुल विवादको सरकारले उचित समाधान खोज्ने जनाए । विद्युत् प्राधिकरणले उद्योगको लाइन काट्न खोजे सुरक्षा निकायले साथ नदिने गृहमन्त्री खाणले बताए ।
‘ट्रंकलाइनको महसुल नतिरेका उद्योगको विद्युत लाइन काटिन्छ कि भन्ने चिन्ता उद्योगीमा छ’ उनले भने, ‘उद्योगीहरु ढुक्क भए हुन्छ, लाइन काटिँदैन ।’ उनले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) जस्ता योजनाहरुलाई मूर्तरुप दिन सरकार लागिपरेको बताए । भन्सारमा अस्थायी भए पनि पार्किङ क्षेत्र निर्माण गर्ने गरी योजना बनिरहेको उनले जनाए ।
गौतमबुद्ध विमानस्थलको हवाइ रुट लिनका लागि सरकारले पहल गरिरहेको मन्त्री खाँणले बताए । ‘विमानस्थल बनाउनुभन्दा पहिला नै एयर रुट परमिट लिन खोजेको भए विमानस्थल बन्न सक्दैनथ्यो’ उनले भने, ‘नेपालगञ्जबाट रुट परमिट लिने गरी प्रयास भएको छ ।’
उनले विमानस्थलमा आवश्यक सुरक्षा पोष्ट लगायतका संरचना छिटो बनाइने बताए । निजी क्षेत्र र सरकार एकअर्काको परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई सधैं साथ लिएर काम गर्ने गृहमन्त्री खाँणको भनाइ छ । निजी क्षेत्रकै आड भरोसाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्ने दृढता सरकारमा आएको उनले बताए ।
अब परियोजना लागू भएपछि यसले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र अर्थतन्त्रलाई माथि उकास्न ठूलो योगदान गर्ने मन्त्री खाँणले बताए । ‘एमसीसीले नेपालको विद्युतीय क्षेत्रमा चामत्कारिक परिवर्तन गर्छ, राष्ट्रलाई आर्थिक रुपमा बलियो बनाउँछ’ उनले भने ।
पूर्वमन्त्री एवं नेकपा एमालेका नेता घनश्याम भूसालले राज्यले लगानी डुब्दैन भन्ने ग्यारेन्टी गरे मात्रै निजी क्षेत्र फस्टाउन सक्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादनमूलक र निकासीजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।
साधारण सभामा उद्योगी व्यवसायीले सीमा क्षेत्रमा कडाइ नहुँदा चोरी तस्करी बढेको र यसले आफूहरु मर्कामा परेको गुनासो गरेका थिए । यस्तै, निकासीजन्य उद्योगलाई प्रोत्साहन नभएको, विशेष आर्थिक क्षेत्र सेज सञ्चालनमा ढिला भएको, भन्सारमा पार्किङ साँघुरो भएको लगायतका गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।