logo

३० करोडको लागत र ३० रोपनी क्षेत्रफलमा खुल्यो हाइड्रोपावर एकेडेमी, जलविद्युत व्यवसायीले सिक्न पाउने

    1241   पटक पढिएको

३० कात्तिक / अर्थ र व्यापार – स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले नेपाल हाइड्रोपावर एकेडमी सञ्चालनमा ल्याएको छ । ईप्पानले मंगलबार आफ्नो १९ र २०औं वार्षिक साधारणसभामा नेपाल हाइड्रो पावर एकेडमी सञ्चालनमा ल्याएको बताएको हो ।
संस्थाले ३० करोड रुपैयाँ लागतमा धादिङमा नेपाल हाइड्रो पावर एकेडमी नामक संस्था सञ्चालनमा ल्याएको हो । ईप्पानका अनुसार जलविद्युतमा आउन चाहने नव उद्यमी तथा काम गरिरहेकाहरुलाई सिकाउने जलविद्युतका तालिम तथा सीपहरु प्रदान गर्नका लागि एकेडमी सञ्चालनमा ल्याएको हो ।
सो एकेडमीमा जलविद्युत सम्बन्धि विभिन्न मेसिनहरु रहेका छन् भने जलविद्युत क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका प्रशिक्षकहरुबाट प्रशिक्षण गराइनेछ । सो संस्थामा तीन प्याकेजिङमा तालिम दिइनेछ । तीन महिना समायवधिको तालिम हुने एकेडमीको भनाई छ । 
कार्यक्रममा  सहभागी प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत व्यवसायीहरुको क्षमता अभिवृद्धि र सीप विकासका लागि सो एकेडमीले महत्वपूर्ण काम गर्ने पनि बताए । यसैगरि, उनले देशमा जलविद्युत क्षेत्रको विकासका लागि सरकार सधैँ तत्पर रहेको बताए । उनले विदेशमा बिजुली खपत गर्ने नभई स्वदेशमै खपत गर्न तर्फ सबैले ध्यान दिनुपर्ने धारणा राखे । उनका अनुसार जलविद्यतुकर्मीहरुलाई सहज र सहुलियतका लागि विभिन्न सुविधाहरु दिन पनि सरकार तयार रहेको बताए । 
‘अब देशमा खपत बढाउन आवश्यक छ, विद्युतीय सवारी र इन्डक्सन चुल्होमा सरकारले अनुदान उपलब्ध गराउँछ, तपाईंहरु अघि बढ्नुस्, सरकारले कस्तो सुविधा दिनु पर्छ, हामी तयार छौं’ उनले भने । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।