logo
Monday, 9 June 2025, 6:34:04 am

कांग्रेस महासमिति बैठकमा वडाध्यक्षदेखि सभापतिसम्मको सम्पत्ति सार्वजनिक गर्न धनराजको प्रस्ताव

‘पार्टीका नेताहरु व्यापारीजस्ता र व्यापारीहरु नेताजस्ता देखिए’

    885   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – सोमबारदेखि संघिय राजधानीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीप्रति आम सर्वसाधारणको विश्वास जगाउन सम्पत्ति सार्वजनिकीकरणको प्रस्ताव गरेका छन् ।
गोदावरीमा सुरु भएको महासमिति बैठकको उदघाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका उपसभापति गुरुङले कांग्रेसबाट निर्वाचित स्थानीय तहको वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।
वर्तमान सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका गुरुङले यस्तो प्रस्ताव गर्दा गोदावरीस्थित महासमिति बैठकहल तालीले गुञ्जायमान भएको थियो । उपसभापति गुरुङले पार्टीका नेताहरु व्यापारीजस्ता र व्यापारीहरु नेताजस्ता देखिएको भन्दै व्यंग्यसमेत गरेका थिए । गुरुङले क्रोनी क्यापिटालिजम अर्थात आसेपासे पुँजीवादले सुशासन ल्याउन नसकिएको बताए।
सोमबारदेखि सुरु भएको सो बैठकमा प्रतिवेदनहरु भने भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए ।
बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उदघाटन सत्रमा जानकारी गराए । पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेश गरिने समयबारे मुख्य सचिव पौडेलले जानकारी गराएनन् । महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन । सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच सोमबार बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन । उदघाटन सत्रपछि फेरिछलफल गर्ने गरी बिहानको बैठक सकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।