logo
Tuesday, 10 June 2025, 4:19:35 pm

मलेसियन दूतावासले भन्यो– ओएससी, भिएलएन बन्द नगर्नु

    2155   पटक पढिएको

८ जेष्ठ / अर्थ र व्यापार- नेपालस्थित मलेसियाली राजदूतावासले विज्ञप्ती जारी गर्दै भिषा प्रोसेसिङ गर्ने वान स्टप सेन्टर (ओएससी) र भिएलएनको कार्य नरोक्न सूचना जारी गरेको छ । दूतावासले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै भिसा प्रोसेसिङ गर्ने ओएससी र भिएलएनको काम सुचारु राख्न भनेको हो ।

मलेसिया जाने पर्यटकको सोसियल भिसा वान स्टप सेन्टर र भिएलएनबाटै प्रदान गरिने भएकाले कुनै पनि हालतमा नरोक्न दूतावासले भनेको छ । मलेसियन दूतावासले विदेशी नागरिक ल्याउनका लागि भिएलएन, ओएससी र विदेशी कामदार ल्याउनका लागि आइएससी र बायोमेट्रिक मेडिकल नेपाल लगायत अन्य देशमा मलेसियन सरकारकै निर्णय अनुसार लागू गरिएको पनि जानकारी दिएको छ । मलेसिया सरकारले भिषा प्रोसेसिङ सफ्टवेयर मार्फत भिषा जारी गर्ने निर्णय गर्दै मलेसियाकै अल्ट्रा÷किराना एसडिएन विएचडी कम्पनी अन्तर्गत भिएलएन नेपाललाई भिषा प्रोसेसिङको जिम्मेवारी दिएको थियो । सोही अनुसार भिएलएन नेपालले २०१३ नोबेम्बर १ देखि मलेसिया जाने नेपालीको भिषा प्रोसेसिङ गर्दै आएको छ । भिएलएनले मलेसिया जाने नेपालीको पासपोर्ट दुतावास पु¥याउने र संकलन गर्नका लागि वान स्टप सेन्टर (ओएससी) मार्फत प्रति पासपोर्ट ६ हजार ७ सय भ्याट वाहेक शुल्क लिने गरेको छ । 

मलेसियन दूतावासले मलेसियामा रोजगारीमा जानेहरुका लागि पहिलो कदमको रुपमा रहेको इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) लाई एक साताका लागि बन्द राख्न भनिएपनि वान स्टप सेन्टरलाई आफ्नो काम जारी राख्न भनेको छ । गएको बुधबार श्रम मन्त्रालयले नेपालबाट कुनै स्वीकृति नलिई सञ्चालनमा रहेका बायोमेट्रिक, माइग्राम्स, आइएससी, ओएससी र भिएलएन सेवा तत्काल बन्द गर्न निर्देशन दिँदै कानुनी प्रक्रिया थाल्न निर्देशन दिएका थिए । 

आइतबार साँझ प्रहरीले बायोमेट्रिक सेन्टर, आइएससी, भिएलएन र वान स्टप सेन्टरमा छापा मारी सञ्चालकहरुलाई पक्राउ गरी कागजात र कम्प्युटर समेत बरामद गरेको थियो । मलेसियन दूतावासले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबारको घटनाबारे ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिको सुरुवातमै यी संस्थाहरु मलेसिया सरकारकै एक अभिन्न अंग रहेको भन्दै यी संस्थाहरुले श्रमिक छनौटदेखि सामाजिक तथा श्रम भिषाका लागि भिषा आवेदनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।

दूतावासले सरकारले सुरु गरेको अनुसन्धानलाई सघाउने भन्दै आईएससीलाई आफ्ना कामकारबाही एक हप्ता वा थप सूचना नआएसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ । आईएससी मलेसियामा कामदार छनौटको लागि अपनाइने प्रमाणिक प्रक्रियाको पहिलो चरण हो । यसको साथै दुतावासले सामाजिक र भ्रमण भिसा प्रदान गर्ने काम सहज रुपमा चालु राख्नको लागि वान स्टप सेन्टर (ओएससी) लाई आफ्ना काम कारबाहीहरु अर्को सूचना नआएसम्मको लागि सुचारु राख्न भनेको छ ।

मलेसियाली दूतावासले सर्वसाधरणबाट प्रत्यक्ष भिसा आवेदन लिन बन्द गरिसकेको भन्दै मलेसियाली भिसा प्रणालीको प्रमाणिक प्रक्रिया अन्तर्गत ओएससी मलेसियाको लागि सम्पूर्ण भिसा आवेदनहरु संकलन गर्ने र बाँकी कार्य गर्न जिम्मेबार केन्द्र भएको दूतावासको स्पष्टीकरण छ । तर, नेपाल सरकारले भने आफूले मलेसिया जाने प्रक्रियाका लागि काम गर्न मलेसियन दूतावासबाहेक अरुलाई नचिनेको र रकम उठाउनका लागि कसैलाई स्वीकृति नदिएको भन्दै यी संस्थाहरुको वैधानिकता नरहेको स्पष्ट पारेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।