logo

आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गरिने

    122   पटक पढिएको



४ जेठ/अर्थ र व्यापार –
वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा आयोजित पत्रकार सम्मेलनमा विभागले यस्तो जानकारी गराएको हो ।
रितपूर्वक अनलाइन दरखास्त फारम प्राप्तपछि आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने विभागले जानकारी दिइएको छ । श्रम स्वीकृतिकालागि आवस्यक सबै प्रक्रिया पु¥याएर आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था आगामी तीन दिनभित्र कार्यान्वयनमा ल्याइने विभागका उप महानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।
विभागका प्रवक्ता शिवाकोटीकाअनुसार केही दिनभित्रै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गरिनेछ । उनले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी विभाग अगाडि बढिरहेको जानकारी दिए ।

उनले सार्वजनिक सेवा प्रवाहका नवीनतम प्रविधिको सदुपयोग गरी मूर्त रूप दिन थप सकरात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्धार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग क्रियाशील रहेको समेत दाबी गरे ।
यसैगरी, साइबर सुरक्षा नीति र एआई नीति प्रणालीमा आन्तरिकीकरण गर्न तत्काल कार्यजोजना बनाइ लागू गरिने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।