logo
Monday, 9 June 2025, 3:10:18 pm

चीनमा राँगा–भैंसीको मासु निर्यात सम्झौता

    242   पटक पढिएको

 
२ पुस/अर्थ र व्यापार –  नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो ।
सोमबार भएको दुई पक्षीय सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा हुने बताए ।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उनले यो सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताए ।

नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको उनको भनाइ थियो ।नेपालमा रागाँभैंसीपालन समाजको अभिन्न अङ्गको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित रहेको उनको भनाइ छ ।

उनले भने, ‘नयाँ पुस्तालाई समेत यसमा जोडी पुस्तान्तरणमा समेत काम गर्नुछ । नयाँ पुस्ता प्रविधिमैत्री भएको सन्दर्भमा हामीले यसमा समेत नवीन प्रविधिहरूको प्रयोग विस्तार गरी युवापुस्तालाई यसमा आकर्षण गर्नु पर्नेछ ।’
विगतको तुलनामा नेपालमा विकासको रफ्तार बढेको भन्दै उनले गाउँबेसीसम्म बाटोघाटोको पहुँच पुगेसँगै ग्रामीण क्षेत्रमा उत्पादन गरिएका दूध तथा मासुलाई बजार पुर्‍याउन सहज भएको बताए ।

यसरी उत्पादन भएका सामग्री वृद्धिहुँदा यिनको बजारीकरणको चुनौती समेत थपिएको भन्दै उनले नेपाली उपभोक्ताका अतिरिक्त विदेशमा सम्भावित बजार पहिचान गरी बिक्री वितरण हुने वातावरण बनाउन समेत आवश्यक रहेको उनले बताए ।

नेपालको असल छिमेकी मुलुक चीनमा हालका दिनमा मासु निर्यातको सम्भावना देखिएकोले धेरै रोजगारीका लागि विदेश जान तयार नागरिक नेपालमा नै बसेर यो व्यवसाय सुरु गर्न उत्सुक हुने उनको भनाइ छ ।

किसानले उत्पादन गरेका राँगाभैंसीको मासुको गुणस्तर सुनिश्चित गरेपछि नेपाली उपभोक्ताले प्रयोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्री अधिकारीले बताए ।

नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत रहेको भन्दै उनले पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन सरकार दृढ रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।