logo
Wednesday, 11 June 2025, 6:12:34 am

पर्यटन बोर्डले प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने, थाल्यो तयारी 

    1683   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– नेपाल पर्यटन बोर्डले प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि आवश्यक तयारी गर्न कर्मचारीलाई फिल्डमा खटाएको छ ।

बोर्डका सीइओ डा. धनन्जय रेग्मीले सात वटै प्रदेशमा बोर्डले आफ्नो कार्यालय खोल्ने तयारी गरेको जानकारी दिए।

प्रदेशमा खटिएका कर्मचारीले १० दिनसम्म आवश्यक तयारीसहित केन्द्रमा प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा बोर्डले कार्यालय स्थापना गर्ने उनले जानकारी दिए।

पर्यटन बोर्ड प्रदेशसम्म पुग्नुपर्छ भन्ने भावनाका साथ कार्यालय खोल्न बताउँदै प्रदेश सरकारले सहयोग गर्ने प्रदेशमा समन्वयमै कार्यालय खोल्ने नभए स्वतन्त्र रुपमा कार्यालय खोल्ने बताए ।

कोरोना महामारीका कारण पर्यटक आगमन बन्द भई बोर्डको आम्दानी नभएको अवस्थामा पनि बोर्डले प्रदेश कार्यालय स्थापनाको प्रक्रिया अगाडी बढाएको हो ।

बजेट अभावका बाबजुत बोर्डले चालु आर्थिक वर्षको बजेटमा प्रदेश कार्यालय स्थापनाको प्रयोजनका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सीइओ रेग्मीका अनुसार यो रकम अपुग हुने अवस्थामा तालुक मन्त्रालयसँग हरेक प्रदेशका लागि १–१ करोड रुपैयाँ बजेट माग गरिएको बताए ।

सीइओ रेग्मीले प्रदेशस्तरमा हुने पर्यटन प्रवर्द्धनका लागि बोर्डको प्रदेश स्तरीय संरचना आवश्यक रहेको निष्कर्षमा पुगिएकोे बताए ।

तर प्रदेशहरुले भने केन्द्रीय पर्यटन बोर्डको साटो आफ्नै संरचनाको बोर्डको परिकल्पना गरी कार्यान्वयन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।