logo
Thursday, 5 June 2025, 8:58:22 am

जाजरकोट महोत्सव शुरु 

    1444   पटक पढिएको


१३ पुस / अर्थ र व्यापार - दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । छ दिन विद्यालय बन्द गरी महोत्सव शुरु भएको छ ।

‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगीकरण हाम्रो अभियानः आत्मनिर्भर, स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ भन्ने नाराका साथ पाँच दिनसम्म महोत्सव सञ्चालन हुने भएको छ । महोत्सवका साथै कृषि पर्यटन तथा व्यापार मेलाका माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जाजरकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवको आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने डढझाँकी, स्थानीय बाजागाजा तथा लोकनृत्य रहनेछन् । मेलामा जिल्लामा पाइने बहुमूल्य पत्थर, जडीबुटी, फलफूल, सरु तथा छेडागाडका माछा, सुन्तला, मह, घ्यू, बारेकोटी गाभा, राडीपाखीलगायत घरेलु उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।महोत्सवमा प्रतियोगितात्मक कृषि प्रदर्शनी पनि राखिएको उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।