logo

सेयर बजारमा फेरि हरियाली, परिसूचक २३.९५ अंकले बढ्यो, कारोबार अर्ब नजिक

    1123   पटक पढिएको

१३ माघ / अर्थ र व्यापार - साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । पुँजी बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.९५ अंकले बढेको छ ।

परिसुचक १.८८ प्रतिशतले बढेर १३००.६२ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १ सय ८० कम्पनीले कारोबार गरेका छन् । २४ लाख ९ हजार २ सय ६२ कित्ता सेयर किनबेच हुँदा ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार बन्द हुँदा नेप्सेका सबै सूचक हरिया छन् । बैक समूह १८.०१, टे«डिङ्ग समूह ३४.५९, होटल समूह ८३.३२, विकास बैक समूह ४३.८१, जलविद्युत कम्पनी १९.५१, वित्तिय समूह २.८६, निर्जीवन बीमा समूह १४९.७६, उत्पादन मूलक समूह ९.८६, अन्य समूह ५.१५, माइक्रोफाइनान्स समुह ६६.४३, जीवन बीमा समूह १७४.०३, म्युचुअल फण्ड समूह ०.०४ अंकले बढ्न पुगेका छन् ।

नेरुडे लघुवित्त विकास बैकका लगानीकर्ताले ७.९५ प्रतिशतले सबैभन्दा धेरै नाफा गरेका छन् । यस्तै, जोशी हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.०७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।