logo
Thursday, 5 June 2025, 5:31:07 pm

कन्काई विकास बैंकको लिलामीे हुन लागकोे शेयरमा आवेदन गर्ने म्याद १ दिन थपीने,

    1173   पटक पढिएको

 

कात्तिक १० /  अर्थ र व्यापार - कन्काई विकास बैकंले लिलामीमा राखेको शेयरमा आवेदन गर्ने म्याद थप गर्नुपर्ने भएको छ । बैंकले निष्काशन गरेको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रबार एक्कासी सरकारले सार्वजनिक विदा घोषणा गरेपछि म्याद थप्नुपर्ने भएको हो ।

बैंंकले यस अघि हकप्रद शेयर विक्री खुला गरी बाँकी रहेको संस्थापक तर्फको ३ लाख ८१ हजार ६ सय ५० कित्ता र सर्वसाधारण तर्फको १ लाख ६८ हजार २ सय ८७ हजार कित्ता अवितरित हकप्रद शेयर असोज ३१ देखि लिलाम विक्री खुला गरेको थियो । जसमा आवेदन गर्ने म्याद आज अन्तिम थियो ।सरकारले विहीबार मात्रै छठको अवसरमा शुक्रबार पनि थप एकदिन सार्वजनिक विदा दिने घोषणा गरेको थियो । अब कम्पनीले आइतबार एकदिन लिलामीको सेयरमा आवेदन गर्ने म्याद थप्नु पर्ने देखिएको छ ।

यस अघि बैंकले १ बराबर २ दशमलव १४ को अनुपातमा प्रतिशेयर एक सय रुपैयाँ अङ्कित दरका ३२ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । आवेदकहरुले शेयर खरीद गर्दा न्यूनतम सय कित्ता र अधिकतम सम्पूर्ण शेयरको लागि आवेदन दिन सक्नेछन् ।बैंकको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।