३२ असार/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह छाएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ३४.६१ अंकले बढेर २७ सय ९४ दशमलब ७८ विन्दुमा पुगेको छ ।
बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बुधबार सेयर बजारमा उत्साह देखिएको छ । यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा यसदिन १४ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन १ सय ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने ५५ वटाको घट्यो । व्यापार उपसमूहको बाहेक सबै उपसमूहका सूचक बढेका छन् । विकास बैंक उपसमूहको सबैभन्दा धेरै ३.८६ प्रतिशत बढेको छ ।
बैंकिङ उपसमूहको १.५९ प्रतिशत , फाइनान्स उपसमूहको ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको ०.१८ प्रतिशतले घटेको छ ।
बुधबार थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपरहेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ तथा बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो ।
माइखोला हाइड्रोपावरको ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९०, उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा उत्कृष्ट पाँच कम्पनीमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा क्रमशः अगाडी रहेका छन् ।
तपाईको प्रतिक्रिया