१७ असार/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ दशमलब ९१ अंकले बढेको छ । यो सहित लगातार तिनदिन बजार बढेपछिको नेप्से २६ सय ६० दशमलब ३९ विन्दुमा कायम भएको छ ।
मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा यसदिन ७ अर्ब ३ करोड ३० लाख ५० हजार २ सय ८६ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन २ सय १७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ३१ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यसदिन अधिकांश उपसमूहको सेयरमूल्य सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २ दशमलब ३८ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमूहको १ दशमलब ०९ प्रतिशत, विकास बैंक उपसमूहको १ दशमलब २१ प्रतिशत, फाइनान्स उपसमूहको ०.५५ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको ०.५७ प्रतिशत, हाइड्रोपावर उपसमूहको १ दशमलब ३८ प्रतिशत, जीवन बीमा उपसमूहको १ दशमलब १२ प्रतिशत, माइक्रोफाइनानस उपसमूहको २ दशमलब २२ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १ दशमलब ०५ प्रतिशत, अन्य उपसमूहको ० दशमलब ४८ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन उपसमूहको सेयरमूल्य शून्य दशमलब ०७ प्रतिशतले घटेको छ । व्यापार उपसमूहको शून्य दशमलब ६१ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको ९ दशमलब ८७ प्रतिशतले बढ्यो । बरुण हाइड्रोपावरको ८.४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशतले सेयरमूल्य बढेको छ ।
यसदिन युनिलिभर नेपालको सेयरमूल्य सबैभन्दा धेरै २ दशमलब १३ प्रतिशतले घटेको छ । कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, बुटवल पावर, सप्तकोशी विकास बैंक र युनियन हाइड्रोपावर रहेका छन् ।
तपाईको प्रतिक्रिया