१५ असार/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २६ दशमलब ५३ अंकले बढेर २६ सय २२ दशमलब २८ विन्दुमा कायम भएको छ ।
लामो समयको साइडवेजपछि आइतबार बैंकिङ उपसमूहको सेयर मूल्य सूचक २ प्रतिशतले बढेको छ । यस दिन नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकको सेयरमूल्य बढेको छ । सप्तकोशी विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यसदिन १ सय ८५ वटा कम्पनीको सेयरमूलय बढेको छ । ६३ वटा कम्पनीको घटेको छ । ७ अर्ब १२ करोड १७ लाख ३६ हजार १ सय १४ रुपैयाँको सेयर कारोबार भएको छ । धेरै कारोबार हुने उत्कृष्ट ५ कम्पनीहरुमा जलविद्युत कम्पनी छन्। साहस ऊर्जाको ५७ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन विकास बैंक उपसमूहको १.६१ प्रतिशत, फाइनान्स उपसमूहको ०.६४ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको ०.०९ प्रतिशत , हाइड्रोपावर उपसमूहको ०.५४ प्रतिशत , लगानी उपसमूहको ०.३२ प्रीतशत , जीवन बीमा उपसमूहको ०.८२ प्रतिशत , माइक्रोफाइनान्स उपसमूहको १.५८ प्रतिशत , निर्जीवन बीमा उपसमूहको ०.४२ प्रतिशत , अन्य उपसमूहको १.३५ प्रतिशत र व्यापार समूह उपसमूहको ०.२७ प्रतिशतले बढेको छ ।
आइतबार उत्पादन तथा प्रशोधन उपसमूहको सेयरमूल्य मात्र घटेको छ । यो उपसमूहको सेयरमूल्य ०.५६ प्रतिशतले घटेको छ ।
तपाईको प्रतिक्रिया