२९ जेठ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से नेप्से सिंगल डिजिटमा घटेपनि सेयर बजारमा दुई महिना यताकै उच्च कारोबार भएको छ । बिहीबार नेप्से परिसूचक ९ दशमलब ०८ अंकले घटेर २६ सय ५५ दशमलब ३८ विन्दुमा कायम भएको छ ।
कारोबारमा आएका होटल तथा पर्यटन, फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड बाहेकका सबै समूह घट्दा सेयर बजारको सूचक तल झरेको हो । व्यापार समूहको सूचक सर्वाधिक १ दशमलब ०९ प्रतिशतले घटेको छ ।
यसदिन १ सय ४९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । गुराँस लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
यसदिन होटल तथा पर्यटन उपसमूहको सेयरमूल्य सूचक सर्वाधिक २ शमलब १४ प्रतिशतले बढेको छ । ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । पियोर इनर्जीको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ ।
नेप्से घटेपनि यसदिन अघिल्लो दिनको तुलनामा धेरै सेयर कारोबार भएको छ । १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९ सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेयर कारोबार विगत दुई महिनायताकै उच्च हो । यसअघि गत २० फागुनमा १२ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
गत फागुनमा नेप्से २८ सय ४६ विन्दुमा थियो । बिहीबार ङयादी पावरको सर्वाधिक १ अर्ब ८ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, सानिमा माई हाइड्रोपावरको ७५ करोड ३८ लाख र राधी विद्युतको ५४ करोोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया