logo

कर्नरिङ र इन्साइडर ट्रेडिङ गर्नेमाथि कडा कारबाही गर्न अर्थमन्त्रीको निर्देशन

    64   पटक पढिएको


२५ जेठ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ लिनेमाथि निर्मम भएर कारवाही गर्न निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा उनले पुँजी बजारलाई सम्पूर्ण लगानीकर्ताको हितमा बनाउनुपर्ने भन्दै गलत काम गर्नेमाथि कसैको प्रभाव र दबाबमा नपरी कारवाही गर्न बोर्डलाई निर्देशन दिएका हुन् ।
उनले सेयर बजारमा हुने गरेको सेयर कर्नरिङ र इन्साइडर ट्रेडिङलाई निस्तेज पार्न त्यस्ता कार्य गर्नेमाथि बोर्डले कडा कारवाही गर्नुपर्ने बताए । ‘सेयर बजार भनेको अर्थतन्त्रको ऐन हो भने यसलाई देशको अर्थतन्त्रको भविष्य हेर्न मिल्ने बनाउनुपर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘अबका दिनका बोर्डले लगानीकर्ताको हित सुरक्षित गर्दै नयाँ नयाँ उपकरण ल्याएर पुँजीवजारको दायरा फराकिलो बनाउनु पर्छ ।’
कार्यक्रममा उनले सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई आफुले पनि गल्ती नगर्ने र यदि अरुले गल्ती गरेका भएमा निर्मम भएर कारबाही गर्न समेत निर्देशन दिए । सरकारले नेपालको पुँजी बजारको विकासलाई गुणात्मक रुपमा अघि बढाउन खोजेको जानकारी दिँदै उनले नराम्रो काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्दै अघि बढ्नुपर्ने बताए ।
यसैगरी, बोर्डका अध्यक्ष श्रेष्ठले पुँजी बजारलाई लगानीकर्ताको हित सुरक्षित गर्दै सबैले विश्वास गर्न सक्ने गरी अघि बढाउन लागेको जानकारी दिँदै यस विषयमा सबै सरोकारवालाहरुको साथ र सहयोग आवश्यक रहेको बताए । साथै सरकारले पुँजी बजारको विकास र विस्तारमा लिएको नीतिलाई कार्यन्वयन गर्न बोर्ड दृढ रहेको समेत उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।