२२ जेठ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारको पसिूचक नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा पुगेको छ । कारोबारमा आएका जलविद्युत् र लगानी बाहेकका सूचकले बजार घटाएका हुन् । यो साता नेप्से लगातार तीन दिन घटेर नेप्से यो विन्दुमा आइपुगेको छ ।
यसदिन उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै १ दशमलब ०४ प्रतिशतले घटेको छ । १ सय ५३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ९४ वटा कम्पनीको सेयरमूल्य बढेको छ । एउटाको स्थिर रहेको छ ।
अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ । ७ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य सबैभन्दा धेरै ९ दशमलब ३० प्रतिशतले घटेको छ ।
यसदिन रिभर फल्स पावरको सेयरमूल्य बढेर सर्किट लागेको छ । बुटबल पावर र पियोर इनर्जीको सेयर ९.९८ प्रतिशतले बढेको छ । वरुण हाइड्रोपवर ९.९६ र सप्तकोशी विकास बैंकको सेयर ९.५० प्रतिशतले बढेको छ ।
राधी विद्युतको सर्वाधिक ९१ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै युनिभर्सल पावरको ६४ करोड ३७ लाख र बुटवल पावरको ४९ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया