२० जेठ/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक राताम्मै भएर घटेका छन् । यसदिन सेयर बजारको परिसूचक नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६ सय ५८.९३ विन्दुमा पुगेको छ ।
यसदिन बजारको गिरावटसँगै सेयर कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा यसदिन ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३ सय २४ रुपैयाँको सेयर कारोबार भएको छ ।
२ सय १४ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ३४ वटा कम्पनीको मात्र मूल्य बढेको छ । यसदिन बैंकिङ उपसमुहको सेयर मूल्य सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ ।
विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, लगानी १.२९, जीवन बीमा ०.७४, उत्पादन ०.०१, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८, अन्य ०.९८ तथा व्यापार समूह १.३७ प्रतिशत घटे ।
सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशत घट्यो ।
यसदिन दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ५.५८, नारायणी डेभलपमेन्ट बैंकको ३.० प्रतिशत मूल्य बढ्यो ।
धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङयादी ग्रुप, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया