logo

बजेट सार्वजनिक भएपछि पनि रन्किएन सेयर बजार, नेप्से १.६० अंकले बढ्यो

    106   पटक पढिएको



१९ जेठ/अर्थ र व्यापार – बजेट सार्वजनिक भएपछि धेरै लगानीकर्ताको अपेक्षा बमोजिम सेयर बजार ह्वात्तै रन्किएर माथी जान सकेन । यस साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १ दशमलब ६० अंकले बढेर २६ सय ९४ दशमलब ६६ विन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९ सय ३३ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कुल १ सय १५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सरकारले बजेट सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन सोमबार जम्मा दुईवटा उपसमुहमा आकर्षण देखिएको छ ।
होटल तथा पर्यटन उपसमुहको सेयर मुल्य २.३९ प्रतिशत र लगानी उपसमुहको २.२८ प्रतिशतले बढेको छ । यी दुई उपसमुहको सेयरमुल्य बढ्नुमा बजेटको आवश्वासन प्रमुख कारण नै भएको लगानीकर्ताको अनुमान छ । अहिलेको बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने घोषणा गरिएको छ । सोही कारण यो उपसमुहको सेयरमुल्य बढेको हो ।
यसैगरी, लगानी उपसमुहका सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने व्यवस्था बजेटले गरेको छ । त्यसैले यसमा पनि केही आकर्षण देखिएको छ ।
यसदिन विकास बैंक ०.२९, फाइनान्स ०.१८, जीवन बीमा ०.२३ र अन्य ०.३६ प्रतिशत बढेको छ । दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.३१, न्यादी हाइड्रोपावरको ७.२७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.३५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन त्यस्तै बैंकिङ उपसमुहकको ०.५९ प्रतिशत , हाइड्रोपावर ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.१६ तथा व्यापार उपसमुहको सेयरमूलय ०.३५ प्रतिशतले घटेको छ । भूगोल इनर्जीको मूल्य ६.४५ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३.२० तथा विन नेपाल लघुवित्तको ३.०४ प्रतिशत घट्यो ।
यसदिन धेरै कारोबार भएका पाँच कम्पनीहरुमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल र बुटवल पावर क्रमशः अगाडि रहे ।
समग्रमा यसदिन कारोबारमा आएका होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, विकास बैंक, फाइनान्स, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र अन्य सूचकले बजार बढाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।