logo

रोकिएन शेयर बजार घट्नेक्रम, नेप्से २.७९ अंकले घटेर २६०९ विन्दुमा

    51   पटक पढिएको


४ जेठ/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजार घट्नेक्रम रोकिएन । यसदिन शेयर बजार परिसूचक नेप्से २ दशमलब ७९ अंकले घटेर २६ सय ०९ विन्दुमा कायम भएको छ । आइतबारको घटाईसँगै नेप्से लगातार छैटौं दिनसम्म घटिरहेको छ ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३ सय १२ रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन १ सय ४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सयवटा कम्पनीको शेयर मूल्य बढेको छ भने एउटाको स्थिर रहेको छ । आइतबार सबैभन्दा धेरै अन्य उपसमुहको शेयर मुल्य ४ दशमलब १९ प्रतिशतले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, विन नेपाल लघुवित्तको ९ दशमलब ५३ प्रतिशत, नेपाल पुनर्बीमाको ८ दशमलब ४१ प्रतिशत, बाराही हाइड्रोपावरको ७ दशमलब ३२ प्रतिशत , स्वाभिमान लघुवित्तको ६ दशमलब ९८ प्रतिशत, ओरियन्टल होटलको ६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यस उपसमूहमा रहेका दुईवटा कम्पनीहरु नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर मूल्य उच्च दरमा बढेपछि समग्रमा अन्य उपसमूहको शेयर मुल्य बढेको देखिएको हो । यसदिन माइक्रोफाइनान्स उपसमुहको शेयर मूल्य १ दशमलब २२ प्रतिशत र होटल तथा पर्यटन उपसमुहको शेयर मूल्य १ दशमलब ११ प्रतिशतले बढेको छ ।
यि ३ वटा उपसमुहका बाहेक अरु सबै उपसमुहको शेयर मूल्य घटेको छ । व्यापार उपसमुहको शेयर मूल्य सबैभन्दा धेरै २ दशमलब ६८ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसमुहको शूल्य दशमलब ८८ प्रतिशत, उत्पादन उपसमुहको शून्य दशमलब ३४ प्रतिशत, जीवन बीमा उपसमुहको शून्य दशमलब ६७ प्रतिशतले घटेको छ । लगानी उपसमुहको शून्य दशमलब २७ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ३६ प्रतिशत, फाइनान्स उपसमुहको शून्य दशमलब ४७ प्रतिशत, विकास बैंक उपसमुहको २ दशमलब २२ प्रतिशत र बैंकिङ उपसमुहको शून्य दशमलब १४ प्रतिशतले घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ८ दशमलब ७१ प्रतिशत, नेपाल माइक्रोइन्स्योरेन्सको ७ दशमलब ५३ प्रतिशत , ग्रिन डेभलपमेन्ट बैंकको ६ दशमलब ९४ प्रतिशत, क्रेस्ट माइक्रोइन्स्योरेन्सको ६ दशमलब ८६ प्रतिशत र युनिभर्सल पावरको ६ दशमलब १ प्रतिशतले शेयर मूल्य घटेको छ ।
यसदिन धेरै कारोबार भएका कम्पनीहरुमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनिभर्सल पावर र हिमालयन रि इन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।