logo

शेयर बजारको गिरावट कायमै, नेप्से ८.४१ अंकले घट्यो

    47   पटक पढिएको


१ जेठ/अर्थ र व्यापार – शेयर बजारको गिरावट लगातार पाँचौ दिन पनि कायमै रहेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार ८.४१ अंकले घटेर २६ सय ११ दशमलब ८५ विन्दुमा आएको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएको हो । बिहीबार विकास बैंकको सूचक सर्वाधिक २.१२ प्रतिशतले घटेको छ । होटल तथा पर्यटनको उपसमुहको सूचक सर्वाधिक ४.९१ प्रतिशतले बढेको छ ।
१ सय ६४ वटा कम्पनीका शेयरमूल्य घटेको छ । यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.६५ प्रतिशतले घटेको छ।

८२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एउटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यसदिन ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमध्ये सर्वाधिक सोल्टी होटलको ४६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै राधी विद्युत कम्पनीको ४४ करोड १७ लाख र युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।