logo
Sunday, 15 June 2025, 5:45:57 am

नेप्से २२.३६ अंकले घटेर सेयर बजार २४६४ विन्दुमा,हाइड्रोपावर समूहमा बाढी पहिरोको असर

    246   पटक पढिएको

१३ असोज/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४ सय ६४ विन्दुमा झरेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आइतबार ४ अर्ब ५ करोडमा झरेको छ ।
यसदिन ४६ वटा कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन व्यापार र हाइड्रोपावर उल्लेख्य घटे । व्यापार २.९७ र हाइड्रोपावर २.३६ प्रतिशत घटे । देशमा पछिल्लो समयको बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई नै यसले असर पारेको देखिन्छ । बैंकिङपछि यो समूह बजारको दोस्रो शक्तिशाली समूह हो ।
यस दिन मूल्य धेरै घटेका कम्पनीमा हाइड्रोपावरहरू अगाडि देखिए । बैंकिङ ०.७४, विकास बैंक ०.८९, फाइनान्स १.९१, होटल तथा पर्यटन १.४७, लगानी १.४०, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१५, अन्य १.०२ प्रतिशत घटे । उत्पादन समूह भने १.०३ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो ।
अपरहेवाखोलाको ९.१, मकरजितुमाया सुरीको ८.८, पाँचथर पावरको ८.२, नेपाल फाइनान्सको ७.२, माउन्टेन हाइड्रो नेपालको ७.२, पिपुल्स पावरको ६.८ प्रतिशत मूल्य घट्यो ।
विन नेपाल लघुवित्तको मूल्य ६.५ प्रतिशत बढ्यो । इङ्वा हाइड्रोपावरको ५.४, एनएलजी इन्स्योरेन्सको ४.५ र सोनापुर सिमेन्टको ४.१ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, अपी पावर, हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।