logo

शेयर कारोबार सुधारियो, दोहोरो अंकले बढ्यो नेप्से परिसूचक 

    940   पटक पढिएको

२० असोज / अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन ।
बुधबार नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ८१ दशमलव १० अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि ४ अर्ब ५० करोड रुपैयाँ नाघेको छ । साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन लगातार बढ्दा लगानीकर्ताहरुमा हौसला बढेको छ । मंगलबारको तुलनामा शेयर कारोबार रकम समेत बुधबार सुधार भएको छ ।
नेप्से परिसूचक बढ्दा एक दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्जले एकैदिन ठूलो घटबढ नहोस् भनेर कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन नदिने नियम बनाएको छ ।
सोहि नियम अनुसार बुधबार किसान लघुवित्त वित्तीय संस्था, प्रोगेसिभ फाइनान्स, नयाँ सारथी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

तपाईको प्रतिक्रिया

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।