logo

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको आज अन्तिम दिन, सबै कर कार्यालय र भन्सारका प्रमुखहरु तोकिएको लक्ष्य पुरा गर्ने दौडमा

    832   पटक पढिएको

३० पुस/अर्थ र व्यापार - चालु आर्थिक बर्षको दोस्रो त्रैमासको आज अन्तिम दिन करदाता र कर उठाउने सरकार दुवै दबाबमा छन् । करदातालाई कर आज बेलुकीसम्म बुझाइसक्नुपर्ने दबाब छ भने सरकार आफूले तोकेको लक्ष्य पुरा गर्न लागिपरेको छ । 
यतिबेला सबै कर कार्यालय र भन्सारका प्रमुखहरु पुसका लागि तोकिएको लक्ष्य पुरा गर्ने दौडमा छन् । पुस मसान्तसम्मको तथ्यांकले समग्र बजेट कार्यान्वयन र राजस्व संकलनको तस्बिर देखाउने भएकाले पनि आफ्नो ’पर्फर्मेन्स इन्डेक्स’ बलियो देखाउन सबैको दौडधुप चलिरहेको छ । 

सुस्त व्यवसायिक गतिविधि र कमजोर विकास खर्चको असर सरकारको राजस्व संकलनमा देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसमम्मा ४ खर्ब २९ अर्ब रुपैयाँ र पुस महिनामा मात्रै १ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा त्यो पुरा नहुने देखिएको छ ।  आइतबार बेलुकीसम्मको राजस्व संकलनको अवस्था हेर्दा पुस मसान्तको राजस्व संकलन ४ खर्ब १० अर्ब रुपैयाँको हाराहारीमा हुने देखिएको छ । आइतबार बेलुकीसम्ममा देशका अधिकांश कर कार्यालय र भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यको तुलनामा ७० प्रतिशत मात्रै भएको छ ।

सबैभन्दा धेरै राजस्व संकलनको लक्ष्य पाएको ठूला करदाता कार्यालयले यो महिना लक्ष्यभन्दा करिब १० अर्ब रुपैयाँ थोरै संकलन हुने अनुमान गरेको छ । कार्यालयलाई पुसमा ४६ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा ३८ अर्ब रुपैयाँ मात्रै संकलन हुने उसले अनुमान गरेको छ ।  मध्यमस्तरीय करदाता कार्यालयको अवस्था पनि उस्तै छ । कार्यालयले आइतबार बेलुकीसम्ममा करिब साढे दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सोमबार थप डेढ अर्ब संकलन भए मात्रै उसको ४ अर्ब रुपैयाँको लक्ष्य पुग्छ । ’हामीले पाएको लक्ष्यअनुसार संकलन हुँदैन,’ कार्यालयका एक कर अधिकृतले भने। 

भन्सार कार्यालयहरु पनि राजस्व संकलनको लक्ष्य पुरा नहुने अवस्थामा पुगेका छन । सबैभन्दा धेरै राजस्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालयले पुसमा लक्ष्यको तुलनामा ८५ प्रतिशत मात्रै राजस्व संकलन हुने जनाएको छ ।  यसैगरी भैरहवा भन्सार कार्यालयले पुसमा ७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा त्यसको करिब ७३ प्रतिशत मात्रै संकलन भएको छ । भैरहवाले सोमबारसम्ममा ८० प्रतिशत संकलन र्पुयाउने कसरत गरिरहेको छ। यद्यपि यसका लागि पनि ६० करोड रुपैयाँ आवश्यक पर्छ ।

पुसमा सबैभन्दा राम्रो राजस्व संकलन रसुवागढी भन्सार कार्यालयको छ । भन्सार प्रमुख पुण्यविक्रम खड्काले आइतबारसम्ममा लक्ष्यको तुलनामा १४० प्रतिशत संकलन भएको जानकारी दिए । रसुवाबाट पुस मसान्तसम्ममा ५ अर्ब ५९ करोड २१ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जुन वार्षिक लक्ष्यको ७९ प्रतिशत हो। आन्तरिक राजस्व र भन्सारअन्तर्गतका प्रमुख कार्यालयहरुको आइतबारसम्मको संकलनको अवस्था हेर्दा सोमबार एकैदिन सरकारले करिब ४५ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्ने देखिन्छ । तर ती कार्यालयले नै राजस्व संकलनको लक्ष्य पुरा नहुने बताइसकेका छन् । राजश्व नपुग्ने भएपछि अर्थमन्त्रालयले दूरसञ्चार प्राधिकरणको कोषमा रहेको ३ अर्ब रुपैयाँ राजश्व खातामा जम्मा गर्न निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।