logo
Sunday, 15 June 2025, 10:17:01 pm

बजार अनुगमनको नौलो उदाहरण

    1159   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-व्यवसायीसँग मुख्य अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले अनुगमनका लागि परामर्श लिएको छ । विभागले अनुगमन गर्न तोकेका क्षेत्रसँग सम्बन्धित व्यवसायीसँग आइतबार दिउँसो अनुगमनमा आउन लागेको जानकारी दिँदै आवश्यक छलफल गरेको हो । सोमबार बिहानबाटै विभागले दैनिक ५ टोली बनाएर विशेष अनुगमन गर्दै छ ।

व्यवासायीसँग अनुगमनअघि छलफल गरेर विभागले नौलो उदाहरण देखाएको हो । विभागले सभ्य अनुगमनको संस्कार विकास गर्न व्यवसायीसँग छलफल गरेको दाबी गरे पनि उपभोगत्ता भने खुशी छैनन् । विभागका  महानिर्देशक कुमारप्रसाद दाहालको अनुसार पारदर्शी हिसाबले बजार अनुगमन गर्नु नराम्रो होइन । त्यसैले छापा मारेर होइन, थाहा दिएर अनुगमन गर्नुपर्छ । यद्यपि, अनुगमन टोली पठाउनुपूर्व व्यवसायीसँग छलफल गर्ने र जानकारी दिने विषय कुनै पनि कानुनमा उल्लेख छैन ।

अनुगमनको सूचना व्यवसायीलाई दिँदा आफ्ना गल्ती लुकाउने मौका पाउँछन् र अनुगमन टोली पुग्दा क्षणिक अवधिलाई सबै कैफियत मेटाउने सम्भावना रहन्छ । कैफियत भेट्दा पनि प्रभावकारी कारबाही गर्न नसकेको विभागले व्यवसायीलाई जानकारी दिँदा कैफियत नै देख्न नसक्ने छ । व्यवसायीलाई थाहा दिँदा अनुगमनका माध्यमबाट प्रतिस्पर्धा कायम राख्ने र बजार शुद्धीकरण गर्ने जुन लक्ष्य हुन्छ, त्यो प्राप्त गर्न पनि सकिँदैन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।