logo

सहरको ट्राफिक अवस्थालाई व्यवस्थित गर्न काठमाडौंका बिभिन्न ठाँउमा सोलारबाट चल्ने ट्राफिक बत्ती राखिने

    994   पटक पढिएको

२७ पुस/ अर्थ र व्यापार - काठमाडौंका बिभिन्न आठ ठाउँमा सोलारबाट चल्ने ट्राफिक बत्ती राखिने भएको छ । पद्मोदय रोड, बागबजार, सिंहदरबार गेट अगाडि, पुरानो बानेश्वर, मित्रपार्क, गौशाला, कालिमाटी र तीनकुनेमा ट्राफिक बत्ती राख्न लागिएको हो ।  सहरको ट्राफिक अवस्थालाई व्यवस्थित गर्दै जाम कम गर्न ट्राफिक बत्ती राख्न लागिएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए । पहिलेका ट्राफिक बत्ती विदेशी दाताहरुको सहयोगमा राखिएका भए पनि अहिले भने नेपाल सरकारको तर्फबाट नै ट्राफिक बत्ती निर्माणको लागि बजेट छुट्याइएको छ । आठ ठाउँमा ट्राफिक बत्ती राख्नको लागि ९७ लाख ५० हजार रुपैयाँको बजेट प्राप्त भएको गौतमले बताए । 

कतिपय ठाउँमा पहिलेदेखि नै राखिएका ट्राफिक बत्तीहरु बिग्रिएका छन् । थापाथली चोकमा र कोटेश्वरबाट सूर्यविनायक जाने ठाउँमा करिब एक दशक अगाडि नै ट्राफिक बत्ती राखिएको भए पनि अहिले बिग्रिएर प्रयोगविहीन अवस्थामा छन् । 
बिग्रेपछि बेलाबखत बनाउने गरेको भए पनि अहिले भने काम नलाग्ने अवस्थामा छन् । नयाँ ट्राफिक बत्ती राख्ने काम सँगै पुराना बत्तीहरु पनि मर्मत गरिने सडक विभागका प्रमुख विभागीय ईन्जिनियर (सीडीई) दीप बराहीले जानकारी दिए ।

पुराना बत्तीमध्ये केही ठाउँमा बिग्रेका भए पनि केही ठाउँमा भने प्रयोग भइरहेका छन् । महाराजगञ्ज र पुतलीसडकमा भएका ट्राफिक बत्ती अहिले प्रयोगमा आइरहेका छन् । केही समय पहिला काठमाडौं दिगो सहरी आयोजनाले ट्राफिक बत्ती निर्माणको लागि टेण्डर गरेको थियो । अष्ट्रेलियन कम्पनीले निर्माण गर्ने भनेर तयारी भए पनि पछि काम भने हुन नसकेको बराहीले बताए ।


अहिले राख्न लागिएका ट्राफिक बत्तीहरु ‘इण्डिभिजुअल चोक सिस्टम’ मा बन्नेछन् । अर्थात सबै चोकको बत्ती नियन्त्रण एकै ठाउँबाट नभएर प्रत्येक चोकबाट अलग्गै नियन्त्रण हुनेछ । यो एकै ठाउँबाट नियन्त्रण गर्ने प्रविधिभन्दा यो प्रविधि सस्तो ठानिएको छ । एउटा चोकमा निर्माणको लागि ८ देखि १५ लाख रुपैयाँसम्म लागत लाग्ने बराहीले बताए । ट्राफिक बत्तीको माथि सोलार जडान गरिनेछ र सोलारबाट नै अबका ट्राफिक बत्तीहरु चल्नेछन् । यसले बिजुलीको पनि बचत हुने सडक विभागको दाबी छ । निर्माणपछि दुई वर्षसम्म मर्मत पनि गर्ने सम्झौतामा स्वदेशी कम्पनी प्रजिल कन्ष्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको हो । अबको चार महिनाभित्र काम सक्ने सीडीई बराहीले बताए ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।