logo

सडक विभागले दुई लेनका सडक र पुल मात्रै बनाउने

    1195   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - सडक विभागले दुई लेनका सडक र पुल मात्रै बनाउने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिमा वोल्दै अब सडक विभाग मार्फत सिङगल लेनको पुल र सडक निर्माण नहुने जानकारी दिए ।

उनले सिङगल लेनको बनाउने नीति नै नभएकाले विभागमार्फत निर्माण हुनै सबै सडक र पुल दुई लेनका हुने जानकारी दिए । सडक विभागलाई दुई लेनमा मात्रै निर्माण गर्नका लागि निर्देशन समेत दिएका छन् । पहाडका भौगोलिक जटिलता भएका ठाउँहरुमा दुई लेनको ट्रयाक खोलेर सिङगल लेनको ब्ल्याक टप गरिने मन्त्री महासेठले बताए । तर, पहाडमा पनि सडक संरचना भने दुर्ई लेनका नै हुनेछन् । समितिका सदस्यहरुले सडकको कमजोर संरचनाका कारण दुर्घटना बढेको भन्दै मन्त्री महासेठको ध्यानाकर्षण गराएका थिए ।

महासेठले नेपालमा सवारी दुर्घटना बढ्दै गएको स्विकार्दै के गर्दा न्युनीकरण गर्न सकिन्छ भनेर समाधान गर्न कार्यादल गठन गरेर अध्ययन सुरु गरिएको जानकारी दिए ।  मन्त्रालयका सहसचिव सरोज प्रधानको संयोजकत्वमा कार्यादल गठन गरिएको छ । कार्यादलले एक महिनामा प्रतिवेदन दिने छ । प्रतिवेदन आएपछि केके गर्न सकिन्छ मन्त्रालयले सुरक्षाका उपायहरु अपनाउन सम्वन्धित निकायलाई निर्देश दिनेछ ।

मन्त्री महासेठले सडकहरु सुरक्षाका लागि पुर्वाधार निर्माण गर्न लागिएको बताए । त्यसैगरी काठमाडौंका ठाउँहरु पहिचान गरेर जेव्रा क्रसिङ, ओभरहेड व्रिज, ट्राफिक चिह्नहरु, ट्राफिक लाईट राख्न लागिएको जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।