logo
Wednesday, 11 June 2025, 6:30:07 pm

रिभर फन बिच रिसोर्टको आयोजनामा रोपाईं जात्रा सम्पन्न

    2034   पटक पढिएको

१६ असार/ अर्थ र व्यापार संवाददाता- धान दिवसको अवसर पारेर असार १५ गते रिभर फन बिच रिर्सोट कुरीनटारले आयोजना गरेको रोपाईं जात्रा भव्य रुपमा सम्पन्न भएको छ । रिभर फन विच रिसोर्टको परिसरमा आयोजित रोपाईं जात्रामा पर्यटन व्यवसायिहरु,पत्रकार,कलाकार तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

रोपाईं जात्रा कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले रोपाईं जात्रा कार्यक्रमले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने वताए । कार्यक्रममा नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संघ(निट नेपाल)का अध्यक्ष दिपक महत,युवा पर्यटन व्यवसायि राजन सिंखडा, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारी लगायत स्थानिय राजनीतिक दलका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले आँफुहरुले अव हरेक वर्ष रोपाईं जात्रा आयोजना गर्ने वताए । 


त्यसैगरी कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायिहरु सागर पाण्डे,देवेन्द्र वाग्ले,वलराम न्यौपाने,अञ्जन थापा (कुमार),मिस टुरिजम–२०१६ ओरुषा थापा लगायतको पनि उपस्थिति थियो । रोपाईंजात्रामा व्यवसायि,पत्रकार तथा कलाकारहरुले हिलो छ्यापाछ्याप गरेर रमाईलो गरेका थिए । रोपाईंजात्रा पछि सवैले दहि चिउरा खाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।