logo

तीन जना राजदूतको नाम संसदीय सुनुवाई विशेष समितिद्वारा सर्वसम्मतिले अनुमोदन

    1126   पटक पढिएको

८माघ /अर्थ र व्यापार - संसदीय सुनुवाई विशेष समितिले तीन जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्विजरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराई र कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

तीनै जना राजदूतको नाम संसदीय सुनुवाई प्रक्रिया पूरा गरी सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । गएको पुस ६ र ९ गते बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई क्यानडा, भट्टराईलाई स्वीजरल्याण्ड र भण्डारीलाई कुवेतसहित ५ जनालाई राजदूतको रुपमा सिफारिस गरेको थियो ।

समितिको बैठकमा प्रस्तावित राजदूतहरुले आ–आफ्नो योग्यता, क्षमता र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए । क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगानाले जलवायु परिवर्तनको असर नेपालमा पर्न नदिन क्यानडा सरकारसँग आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले नेपालमा लगानी बढाउन पनि क्यानडा सरकारसँग पहल गर्ने योजना अघि सारेका थिए ।

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्विजरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराईले संयुक्त राष्ट्र संघसँग आवद्ध संघ, संस्थाहरुसँग आवश्यक छलफल गरी नेपालको लागि आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता जनाए । उनले आप्रवासी नेपाली श्रमिकहरुको हितमा आफू लागिपर्ने योजना पनि समितिलाई जानकारी गराए । कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीले राष्ट्रको हितलाई केन्द्रमा राखेर कुवेतसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालमा कुवेतको लगानी भित्रयाउन पनि पहल गर्ने योजना अघि सारेका छन् । 

गएको माघ ३ गते बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित राजदूत दिपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।