logo

चुच्चेपाटी र मैतीदेवी आयल स्टोर्समा नक्कली शिल रहेको पुष्टी भएपछि पम्प शिलबन्दी

    1080   पटक पढिएको

८माघ /अर्थ र व्यापार - सक्कली शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्सका संचालकलाई कारवाहीका लागि आपूर्तिमन्त्री मातृका यादबले चासो देखाएका छन् । मन्त्री यादबले सोमबार गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम र केन्द्रीय अनुसन्धान ब्यूरोसँग छलफल गरेका हुन् । मन्त्री यादबले पेट्रोलियम पदार्थमा भइरहेको ठगी रोक्न सबै संयन्त्र परिचालन गर्न निर्देशन समेत दिए । स्रोतका अनुसार पम्प संचालकलाई पक्राउ गर्ने बारेमा समेत छलफल भएको थियो ।

गुणस्तर तथा नापतौल विभागले केही दिन अघि यी दुई पम्पमा गरेको अनुगमनमा यी दुबै पम्पमा विभागले लगाएको शिल तोडेर नक्कली शिल लगाइएको थियो । यो दुबै पम्पका संचालक चर्तुभुज सरिया हुन् । मैतीदेवीको पम्प सरियाको आफ्नै हो भने चुच्चेपाटीको भने उनले भाडामा लिएर चलाएका हुन् ।  विभागले लगाएको शिल तोडेर उपभोक्तालाई कम तेल दिएर ठगी गरेको आधारमा विभागले शिलबन्दी लगाएको हो । पम्प संचालक अहिले सम्पर्कमा छैनन् ।

सरिया नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष हुन । एशोसिएसनमा आवद्ध रहेकै व्यक्ति ठगीमा संलग्न भएको जानकारी पाएपछि विभागले यो मुद्दालाई चनाखो भएर अनुसन्धान अघि बढाएको थियो । पम्पमा लगाइएको शिललाई विभागले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

विभागले पहिलो पटक अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको हो । विभागले प्रयोगशालामा नक्कली शिल रहेको पुष्टी भएपछि पम्प शिलबन्दी गरेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।