logo
Thursday, 12 June 2025, 12:36:18 pm

आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउने नवनियुक्त राजदूत निलाम्बर आचार्यको योजना

    1361   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार - भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले त्यसै कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताएका हुन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौमा आयोजना गरेको नवनियुक्त राजदूतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउन आवश्यक पहल गर्ने नवनियुक्त राजदूत आचार्यको योजना छ । उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताए ।

राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने आवश्यक्ता पनि औंंल्याएका  थिए । कार्यक्रममा विभिन्न मुलुकका लागि नियुक्त गरिएका राजदूतहरुको पनि सम्मान गरिएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।