logo

आगामी जनवरी १ देखी बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने  

    1232   पटक पढिएको

२२ आषाढ/अर्थ र व्यापार– आगामी पुस १७ (जनवरी १) देखी बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्न पाउने भएको छ । 
ने

पाल नागरिक उड्डयन प्राधिकरणले आगामी पुस १७ (जनवरी १) देखी स्विकृत हुने गरी बुद्ध एयरलाई नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने अनुमती दिएको हो । 

यसअघि बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि दैनिक ३ वटा बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० उडान कालागि अनुमति मागेको थियो । 

नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ । 

दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको व्यापक आवतजावत हुने तथ्यलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरुसँग अन्तरदेशिय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नकालागि विभिन्न कम्पनीहरुसँग पत्राचार गरेको छ ।

बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने भएपछि सुदुर पश्चिमको बासिन्दा र त्यहाँको पर्यटनमा टेवा पुग्ने विस्वास गरिएको छ ।सुदुरपश्चिममा बर्दिया निकुञ्ज,  शुक्लाफाँटा निकुञ्ज,  रारा, तिलिचो जस्ता तालतलैयाहरु, हिमश्रंखलाहरु, खप्तड, स्वर्गद्वारी जस्ता पर्यटकिय स्थलहरु रहेका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।