logo

क्रस बोर्डर रेल सुरु गर्न नेपाल–भारत संयुक्त वर्किङ कमिटीको बैठक काठमाडौंमा  

    1262   पटक पढिएको

२६ आषाढ/अर्थ र व्यापार– क्रस बोर्डर रेल सेवा सञ्चालन गर्नका लागि नेपाल–भारत संयुक्त वर्किङ कमिटी(पिएससी)को बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

बैठकमा भारतका तर्फबाट परारष्ट्र मन्त्रालयका सहसचिव नामग्या खाम्पा र नेपालका तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक सहायता महाशाखा हेर्ने सहसचिव केशरकुमार शर्मासहितका अधिकारीहरु सहभागी छन् ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले संयुक्त वर्किङ कमिटीको बैठकमा रक्सौल(काठमाडौं रेल परियोजना अघि बढाउने विषयमा छलफल गर्ने तयारी भएको जानकारी दिए ।

नेपाल भारत सीमाक्षेत्रलाई रेलमार्गले जोड्ने उदेश्य राखेर निर्माण गर्ने भनिएका पाँचवटा रेलवे लिङ्कमध्ये दुईवटा रेलवे लिंक सञ्चालन गर्ने विषयमा पनि टुङ्गो लाग्ने बताइएको छ ।

गत चैतमा  प्रधानमन्त्री केपी शर्मा ओलीको  भारत भ्रमणका क्रममा नेपालको राजधानी शहर काठमाडौं र भारतीय सिमावर्ती शहर रक्सौल जोड्ने रेलमार्ग भारतीय आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झौता भएको थियो ।

सोही समय दुवै देशका प्रधानमन्त्रीका बीचमा नेपालसंग परामर्श गरेर भारतले एक बर्ष्भित्र यो रेलमार्गको सर्भे गर्ने सम्झौता भएको थियो ।

थप अध्ययन र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) र मोडालिटी दुबै पक्ष बसेर टुङ्गो लगाउने निर्णय भएको थियो ।
जनकपुर –जयनगर  र बथनाहा–जोगवनी विराटनगर रेलवे सञ्चालन विषयमा छलफल गरेर टुङगो लगाउने रेल विभागले जनाएको छ ।

जयनगर –जनकपुर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले यो रेलमार्गमा रेल सञ्चालन गर्ने विषयमा समेत छलफल हुने विभागका सिडिई उपाध्यायले जानकारी दिए । 

६९ किलोमिटर लामो यो रेलमार्ग आगामी असोजसम्म तयार हुने विभागको दाबी छ । बजेट मार्फत सरकारले ५० करोड रुपैयाँ रेलको डिब्बा र इन्जिन खरिदका लागि छुट्याइसकेको छ ।

रेल अर्डर गर्नुपर्ने र खरिद प्रक्रिया समय लाग्ने भएकाले तत्कालका लागि भाडामा भारतीय रेल चलाउने विषयमा समेत छलफल गरिने विभागले जनाएको छ । 

वर्किङ कमिटिको बैठक प्रत्येक ६–६ महिनामा बस्ने गर्छ । यस अघि उक्त कमिटीको बैठक भारतको राजधानी नयाँ दिल्लीमा बसेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।