logo

जापानलाई ४१० मेगावाटको नलगाड जलविद्युत आयोजनामा सघाउन उर्जामन्त्री पुनको आग्रह

    1526   पटक पढिएको

१८ आषाढ/अर्थ र व्यापार– उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुनले जाजरकोटस्थित ४१० मेगावाटको नलगाड जलविद्युत परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउन जापानी राजदूतलाई आग्रह गरेका छन्।

मन्त्री पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच आज भेटवार्ता भएको हो । भेटमा मन्त्री पुनले जाजरकोटस्थित ४१० मेगावाटको नलगाड जलविद्युत परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउन जापानी राजदूतलाई आग्रह गरेका छन्।

मन्त्री पुनले उर्जामन्त्रालयले स्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनैतिक कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसका लागी जापानी सहयोगको अपेक्षा गरेको बताएका थिए।

हामीले उर्जा र जलविद्युतको क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौं, यसमा जापानबाट हामीले ऋण, सहयोग र लगानीको अपेक्षा गरेका छौं।’ पुनले भने।

जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी वातावरण बनाईदिन समेत पुनले राजदूत साईगोसंग आग्रह गरे।

भेटमा जापानी राजदूत साईगोले नेपाल र जापानको सम्बन्ध विगतदेखी सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने दावी गरे।

साइगोले जापानले नेपालमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा उर्जा र जलस्रोतको क्षेत्रमा समेत काम गर्न जापान ईच्छुक रहेको बताए।

जापानले कुलेखानी–१, कुलेखानी–२ र कालिगण्डकी ए निर्माणमा यसअघिनै सहयोग गरेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।