logo

मौद्रिक नीति आज दिउँसो २ बजे आउदै, ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्न सहयोग पुग्ला ?

    1191   पटक पढिएको

२७ आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले आज दिउँसो २ बजे मौद्रिक नीति सार्बजनिक गर्ने भएको छ । सञ्चालक समितिले मौद्रिक नीति पारित गरिसकेकाले आज रयाडिसन होटलबाट सार्वजनिक गर्न लागिएको हो । 

मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्ने गरी सरकारी कार्यक्रमहरुलाई सघाउने योजनाहरु ल्याउने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

राष्ट्र बैंकले शेयर धितो कर्जाका बारेमा पनि केही व्यवस्था गर्ने छ । शेयर लगानीकर्ताहरुको ’मार्जिन कल’ को समस्या संवोधन गर्ने पक्षमा राष्ट्र बैंक छ ।

सरकारी स्किममा रहेको ब्याज अनुदानमा कर्जा योजनाहरु मौद्रिक नीतिमा परेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारको ब्याज दरलाई सुविधाजनक अवस्थामा पुर्याउन पनि केही नीतिहरु लिने भएको छ। 

खासगरी आधार ब्याज दरमा जोडिने प्रिमियम ब्याजका बारेमा राष्ट्र बैंकले बोल्ने छ । अनिवार्य तरलता अनुपात घटाइएको छ ।
बैंकहरुले विदेशी बैंकबाट ल्याउने डलर ऋणको हेजिङ गर्ने कार्यक्रम मौद्रिक नीतिमा पर्ने छ भने पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.८ प्रतिशतमा घटाइने छ । 

यस्तै, राष्ट्र बैंकले घरजग्गा धितोमा दिइने ऋण, गाडी, रियलस्टेटलगायत क्षेत्रमा दिइने ऋणमा कडाइ गर्दैछ भन्ने चर्चा चलिरहेको सन्दर्भमा राष्ट्र बैंकका उच्च अधिकारीहरुका अनुसार, चालु मौद्रिक नीतिमा भएका ब्यवस्थाभन्दा थप कडिकडाउ गर्ने पक्षमा राष्ट्र बैंक नभएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।