logo

मलेसिया रिटर्नी समाजका युवाहरुको सामूहिक लगानीमा काठमाडौंमा सार्वजनिक यातायात कम्पनी खुल्ने

    923   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - मलेसियाबाट फर्किएका र मलेसियामै रहेर रोजगारी गरिरहेकाहरुको संयुक्त लगानीमा काठमाडौंमा सार्वजनिक यातायात कम्पनी खुल्ने भएको छ । मलेसिया रिटर्नी समाज गठन गरेका युवाले कम्पनी नै खोलेर सामूहिक लगानीमा यातायात व्यवसाय गर्ने निधो गरेका हुन् ।

समाजका सदस्य विनोद बस्नेतका अनुसार पहिलो चरणमा रिंगरोडमा ३ वटा सञ्चालन गर्न लागिएको छ । ३ वटा ३२ सिटे बसहरु किनेर सेवाको सुरुआत गर्ने योजनसहित लगानी जुटाउन थालिएको छ । युवाहरुले मलेसियाबाट फर्किएका र मलेसियामा रहेका कामदारको परिवारले कम्पनीमा सेयर राख्न पाउने गरी व्यवसायिक योजना बनाएका छन् । यो लगानीबाट आएकोप्रतिफल पनि सामूहिक रुपमा वितरण गर्ने र युवाहरुलाई देशभित्रै बसेर उद्योग–व्यवसाय गर्न उत्प्रेरित गर्ने योजना बनाइएको छ ।

नेपालमा विदेशबाट फर्किएका युवा संस्थामार्फत संगठित भएर ठूलो स्केलमा लगानी जुटाउन खोजेको यो नै पहिलोपटक हो । यसअघि कोरियाबाट फर्किएका केही युवाले पनि यस्तो प्रयास गरेका थिए । तर, मलेसिया रिटर्नी समाजले अरु सदस्य पनि थप्ने गरी अम मलेसियामा रहेका नेपालीको परिवार र त्यहाँबाट फर्किएका कामदारलाई लगानीका क्षेत्रमा समेट्न खोजेको छ ।

यो संस्थाका पहलमा हालै काठमाडौंमा मलेसियाबाट फर्किएका युवाले नयाँ रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । सिंहदरबारको पूर्वी गेटमा सञ्चालनमा आएको सहयात्रा रेस्टुरेन्टपछि युवाहरु सार्वजनिक यातायातको व्यवसायमा संलग्न हुन खोजेका हुन् ।
पछिल्लो सयममा मलेसियाको रोजगारी बन्द छ । मलेसियामा रोजगारी बन्द भएपछि कतिपय युवा त्यहाँ जान छट्पपटाइरहेका छन् । तर, त्यहाँबाटै फर्किएका युवा भने देशभभित्रै केही गर्ने भनेर तम्सिएका हुन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।