logo

मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप

    1664   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार - मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप भएको छ । गत भदौ ४ गते सम्म मोहियानी हक छुट्ट्याउने अन्तिम समय सीमा तोकिएपनि पर्याप्त आवेदन नपरेपछि एक महिना समय थप गरिएको भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

जग्गाको दोहोरो स्वामित्व छुट्ट्याएर आआफ्नो नाममा लालपूर्जा लिनका लागि पुस १६ गतेदेखि माघ १५ गतेसम्म निवेदन दिन मिल्ने मन्त्रालयले जनाएको छ । जग्गाधनी र मोही दुवैजना अथवा जग्गाधनी र मोही मध्ये कुनै एक जना मात्रै भएपनि आफ्नो जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयमा गई निवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

भदौ ४ गते सम्म समय तोक्दा वैदेशिक रोजगारीमा रहेका कतिपय मोही कमाउनेहरु काम छोडेर नेपाल आएका थिए । कतिपय मोहीहरु भने आउन भ्याएका थिएनन् । विविध कारणले निवेदन दिन छुटेकाहरुको लागि सरकारले एक महिनाको अन्तिम म्याद थप गरेको मन्त्रालयले जनाएको छ ।

यसअघि निवेदन दिएका निवेदकहरुको जग्गा बाँडफाँट आगामी भदौ ४ गते भित्र भइसक्ने मन्त्रालयले जनाएको छ । यो अवधिमा समेत निवेदन नदिए मन्त्रालयले कानुन अनुसार जग्गाको दोहोरो स्वामित्व सधैका लागि अन्त्य गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।