logo

सरकारको साधरण खर्च अस्वभाविक बृद्धि, विकासमा ३९ अर्ब ३१ करोड रुपैयाँ खर्च

    991   पटक पढिएको

१८ पुस /अर्थ र व्यापार - दुई सातामा सरकारको साधारण खर्च अस्वभाविक बृद्धि भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार, तैपनि सरकार अझै १६६ अर्ब रुपैयाँ बचतमा गएको छ । सरकारले स्थानीय निकायलाई दिएको बजेटमध्ये बैंकहरुलाई ४८ अर्ब ५५ करोड रुपैयाँ निक्षेपका रुपमा परिचालन गर्न दिएको छ ।

यसबीचमा सरकारले ३२७ अर्ब ५२ करोड रुपैयाँ राजश्व उठाएको छ । दुई साताअघि राजश्व ३०६ अर्ब रुपैयाँ थियो । गैरकर राजश्व २६ करोड रुपैयाँ उठेको छ । सरकारले बिकास खर्च भने जम्मा ३९ अर्ब ३१ करोड रुपैयाँ मात्र गर्न सकेको छ । दुई साताअघि साढे ३२ अर्ब विकास खर्च थियो । यस अवधिमा विकास खर्चको हिस्सा थोरैले बढेपनि साधारण खर्च भने उच्च दरले बढेको छ ।
मंसिर २९ मा साधारण खर्च २१२ अर्ब ८८ करोड रुपैयाँ थियो । अहिले बढेर २४६ अर्ब ६३ करोड पूगेको छ ।

वित्तीय ब्यवस्थापनतिरको खर्च १७ अर्ब ७३ करोडबट बढेर २० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । साधारण खर्च उच्च दरले बढेका कारण कुल खर्चमा पनि फराकिलो अन्तर देखिएको छ । दुई साताअघि २६३ अर्ब १८ करोड रुपैयाँ कुल खर्च थियो। अहिले ३०६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।