logo

वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको निधन

    1002   पटक पढिएको

७ माघ/ अर्थ र व्यापार -  वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । मुनालले सेतो बाघ, शिरीषको फूल, दिदी भाई, मिस्टर डन, गोपी, अविरल बग्दछ इन्द्रावती लगायतका चलचित्रमा अभिनय गरेका थिए  ।

उनले धेरै टेलिश्रृंखलामा पनि अभिनय गरेका छन् । २००७ सालमा जन्मेका मुनालको सोमबारै पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । मुनालले अभिनय गरेको डा. ध्रुबचन्द्र गौतमको उपन्यासमा आधारित अलिखित टेलिश्रृंखला सर्वाधिक रुचाइएको थियो ।   उनी काठमाण्डौ माहांकालमा बसोवास गर्दै आएका थिए । उनले अभिनय गरेको नयाँ चलचित्र गोपी यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । उनले टेलिश्रृंखला तीतोसत्यमा लामो समय अभिनय गरेका थिए । 

पशुपति आर्यघाटमा विभिन्न चलचित्रकर्मीलगायत उहाँका शुभचिन्तकहरु श्रदाञ्जलि अर्पण गर्न पुगेका छन् । स्वर्गीय कलाकार मुनालका एक छोरा रहेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।