logo

नयाँ कार्यक्रमलाई बजेट छैन, तर कार्यान्वयन हुने आयोजनालाई बजेट अभाव हुँदैन: अर्थमन्त्री 

    1371   पटक पढिएको

आषाढ १४/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले समयमै कार्यन्वयन हुने आयोजनालाई बजेट अभाव हुन नदिने बताएका छन्।
तीन तहका मध्ये जुनसुकै तहको सरकारले अघि बढाएको भए पनि समयमै पुरा हुने अवस्थामा रहेका आयोजनालाई रकम अभाव हुन नदिने बताएका हुन् । 

प्रतिनिधिसभाको विहीबारको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव र त्यसमाथि उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्थानीय र प्रदेश तहको क्षमता विकास र संवैधानिक क्षेत्राधिकार भित्रका आयोजनासँगै हस्तान्तरण गरिने जानकारी दिए। 

प्रदेश र स्थानीय तहले कुनै कार्यक्रम व्यवहारिक र प्राविधिक रुपमा कार्यान्वयन गर्न नसक्ने जानकारी संघीय सरकारलाई दिए त्यस्ता कार्यक्रम संघीय सरकारले कार्यान्वयन गराउने पनि उनले बताए। त्यस्तै कुनै कार्यक्रम तल्ला तहले माग गरे उनीहरुलाई नै कार्यान्वयन गर्न दिन सकिने पनि उनले जानकारी दिए। 

असिमित आयोजना सिमित स्रोतको बिचमा मुलुक रहेको भन्दै हरेक वर्ष धेरै आयोजना थप्ने तर स्रोत परिचालन गर्न नसक्ने अवस्था रहेको पनि उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।