logo

नेपाल र भारत बिच विद्युत आदानप्रदानका लागि सहमति

    1037   पटक पढिएको

११ माघ/ अर्थ र व्यापार - दुई देशबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैंकिङ’ स्थापना गर्न नेपाल र भारत सहमत भएका छन् । पोखरामा सम्पन्न दुई देशबीचका सचिवस्तरीय बैठकले यस्तो सहमति गरेको हो । बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले संयुक्त रुपमा तयार पारेको ‘इनर्जी बैंकिङ’ सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै यसको कार्यान्वयनका लागि आवश्यक नियम जारी गर्न पनि दुवै देश सहमत भएका हुन् । 

‘इनर्जी बैंकिङ’सम्बन्धी प्रस्ताव नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले पुस दोस्रो साता तयार पारेको थियो । नेपालले भारतको पावर एक्स्चेन्ज मार्केटबाट विभिन्न मोडालिटीमा सोझै विद्युत खरिद गर्नसक्ने सहमति पनि बैठकमा भएको छ । यसका लागि आमागी २ महिनाभित्र आवश्यक कार्यविधि बन्ने बैठकले निर्णय गरेको छ ।  

बैठकले हाल २२० किलोभोल्टमा चार्ज भई सञ्चालनमा आएको पहिलो अन्तर्देशीय ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनलाई ४०० किलोभोल्टमा स्तरोन्नति गर्ने काम नेपाल र भारत दुवै क्षेत्रमा डिसेम्बर १९ सम्ममा सक्ने निर्णय पनि गरेको छ । अहिले यसको क्षमता २९० मेगावाट विद्युत आयात गर्न सक्ने अवस्थाको रहेको छ । स्तारोन्नतिपछि निकट भविष्यमा ५ सयदेखि ६ सय मेगावाटसम्म विद्युत आयात निर्यात गर्न पाउने नेपाली पक्षको प्रस्ताव भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यस विषयलाई ४ महिनाभित्र टुंगो लगाउने सहमति भएको उर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले बताए । 

यस्तै रक्सौल–परवानीपुर र कटैया–कुसाहा १३२ केभी प्रसारण लाइनको क्षमता डबल सर्किटमा स्तारोन्नति गरिदिन भारतले सहमति जनाएको छ । ४०० किलोभोल्टको नयाँ लम्की–बरेली र दुहबी–पूर्णिया प्रसारण लाइनको अध्ययन गर्ने विषयमा तयार भएको प्राविधिक समितिको प्रतिवेदनलाई पनि बैठकले अनुमोदन गरेको छ । 

यस्तै भारतले टनकपुरमा तत्काल ५० एम.भि.ए क्षमताको ट्रान्सफर्मर राखेर नेपाललाई ८० मेगावाटसम्म बिजुली उपलब्ध गराउने सहमति पनि बैठकमा भएको छ । यसका लागि यही मार्चसम्ममा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिसक्ने सहमति भएको छ । अहिले टनकपुरबाट ३० देखि ३५ मेगावाटमात्र बिजुली आइरहेको छ । नेपाल, भारत र बंगलादेशबिच उर्जा सहयोगका क्षेत्रमा त्रिपक्षीय सहकार्य अघि बढाउने विषयलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको प्रवक्ता अर्यालले बताए । 
नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको तर्फबाट विद्युत मन्त्रालयका सचिव ए.के भल्लाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।