logo
Friday, 13 June 2025, 3:16:42 am

सीएमसीको वेभसाइटमा ठेक्का लिएको मेलम्ची आयोजना सम्पन्न भइसकेको उल्लेख

    1135   पटक पढिएको

१२ पुस/ अर्थ र व्यापार  - मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीको वेभसाइटलाई विश्वास गर्ने हो भने काठमाडौंवासीले मेलम्चीको पानी प्रयोग गरिसकेका छन् । सीएमसीको वेभसाइट सीएमसीजीआरयुपीपीओ डटकममा ‘स्टाटस कम्प्लिटेड’ उल्लेख छ ।

सात प्रतिशतभन्दा बढी काम बाँकी हुँदै सिएमसीले ९ करोड ८० लाख युरोमा ठेक्का लिएको मेलम्ची आयोजना सम्पन्न भइसकेको वेभसाइटमा राखेको हो । काम पूरा नहुँदै मेलम्चीसँग सम्झौता रद्द गर्न लागि परेको सीएमसीले केन्द्रीय कार्यालयबाट सञ्चालित वेभसाइटमा यस्तो उल्लेख गर्नु अर्थपूर्ण रहेको आयोजनाका एक इन्जिनियर बताउँछन् । उनी भन्छन ‘आयोजना पूरा नभई कम्पिलटेड लेख्नु सरासर बेइमानी हो ।’

आयोजनाका अनुसार व्यावधान विनाकाम हुने हो भने कम्तिमा तीन महिनाको काम अझै बाँकी छ । सुरुङलाई अन्तिम रुप दिन, सतहमा लाइनिङ, सर्फेस फिनिसिङ, सीसी क्यामेरा जडान जस्ता काम बाँकी नै छन् । मेलम्चीसँगको सम्झौता रद्द गर्न खोज्नुमा सीएमसी आफंैले ‘नगद अभाव’ लाई कारण बताएको थियो । आयोजनाले नदिएको भनेको ३५ करोड रुपैयाँका कारण सीएमसीलाई नगद अभाव भएको भने होइन । सीएमसीसँग नजिक रहेर काम गसिसकेकाहरूका अनुसार उसको ‘फाइनलसियल क्राइसिस’ इटलीस्थित कार्यालयबाटै शुरु भएको हो ।

विवाद बढाएर सीएमसीले नेपालबाट बढी रकम लान खोजेको मेलम्ची खानेपानी आयोजनाका एक अधिकारी बताउँछन् । सम्झौता नवीकरणका लागि उसले भेरियसनको ६० करोड, भूकम्पको क्षतिको ३५ करोड र काम गरिसकेको १५ करोड रुपैयाँ अग्रिम भुक्तानी र लिक्वेडेसन ड्यामेज तिर्न नमर्ने शर्त राखेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।