logo

राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश राणालाई पद तथा गोपनियताको सपथ, न्यायाधीश दीपकराज जोशीलाई सपथग्रहण समारोहमा सहभागी नगराउन निर्देशन

    979   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार  - नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने संकेत गरेका छन् । राणाले अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने आफ्नो सपथग्रहण समारोहमा जोशीलाई सहभागी नगराउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ । बिहान सवा १० बजे राष्ट्रपतिबाट प्रधान न्यायाधीश राणाले पद तथा गोपनियताको सपथ लिदैछन् । राणाले सर्वोच्च अदालतमा हुने प्रधानन्यायाधीशको स्वागत कार्यक्रममा समेत जोशीलाई सहभागी नगराउन मुख्य रजिष्ट्रार राजन भट्टराईलाई मौखिक आदेश दिएको प्रशासन स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजैबाट राणाले जोशीलाई बेच्न पनि नतोक्ने भएका छन् । संसदीय सुनुवाईका क्रममा समितिका सदस्य योगेश भट्टराई लगायतले संसदबाट अस्वीकृत भएका न्यायाधीशलाई के गर्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । राणाले संविधान र संसदीय सर्वोच्चतालाई आफूले सम्मान गर्ने जवाफ दिएका थिए । सोहीवमोजिम संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भई न्यायाधीश हुने योग्यता र क्षमतामा प्रश्न उठाएको जोशीलाई न्यायिक प्रक्रियाबाट अलग गर्न लागिएको राणा निकट स्रोतले जनाएको छ । जोशीलाई यसअघि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि केही दिन इजलास तोकिएको थिएन । तर, केही समयपछि ठूला राजश्व छलीलगायत आर्थिक चलखेलका मुद्दा जोशीलाई लगायत आर्थिक मामिलामा कमजोर न्यायाधीशहरुको इजलासमा पारेपछि मिश्रमाथि बेन्च सपिङको आरोप लागेको थियो ।

जोशी बरिष्ठ न्यायाधीशका रुपमा रहुञ्जेल न्यायपरिषद बैठकमा नबस्ने कानुनमन्त्री भानुभक्त ढकालको अडानका कारण यसबीचमा परिषद बैठकसमेत बसेन । स्रोतका अनुसार जोशीमाथि पुनः राजीनामाको दबाव परेको छ । उनले राजीनामा नदिएमा प्रधानन्यायाधीश राणाले निकास खोज्ने स्रोतले  बतायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।